९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह

हामीले पठाएको रेमिट्यान्सले मुलुक चल्ने, मत किन नचल्नेः अध्यक्ष अर्याल

हामीले पठाएको रेमिट्यान्सले मुलुक चल्ने, मत किन नचल्नेः अध्यक्ष अर्याल
अ अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रदेश र संघीय निर्वाचनमा विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिनुपर्ने माग उठेको छ ।

प्रवाशी नेपाली मञ्च माल्टाको अधिवेशनमा एनआरएनएका माल्टा अध्यक्ष भुवन अर्यालले देशको भाग्य र भविष्यको फैसला गर्ने निर्वाचनमा कुनै न कुनै रुपमा मतको अधिकार पाउनुपर्ने बताए ।

नेकपा एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराईले उद्घाटन गरेको कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष अर्यालले देशको भविष्य सुन्दर बनाउनका लागि विदेशमा रहेर रेमिट्यान्स मार्फत् साथ दिइरहेका युवालाई राज्यले उपेक्षा गरे असहज परिस्थिती उत्पन्न हुनसक्नेतर्फ ध्यान दिन आग्रह गरे ।

श्रम बेचेर देशको अर्थतन्त्र सुधारका लागि भूमिका खेलेका युवाको सिप राज्यले प्रयोग गर्नुपर्ने अर्यालको भनाई छ ।

यस्तै, कार्यक्रममा एमाले विदेश विभाग प्रमुख भट्टराईले विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउने विषयमा एमालेले निर्वाचन आयोगलाई आग्रह गरिरहेको जानकारी गराउँदै कुनै न कुनै रुपमा सम्बोधन हुने आश्वासन दिए ।

अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको एनआरएनए अध्यक्ष अर्यालले जानकारी दिए ।

मञ्चको अध्यक्षमा सत्य नारायण झा, उपाध्यक्षमा येमु राइ,सचिवमा बिरोजंग पाण्डे, सह सचिबमा भारत अर्याल र दर्सन लिम्बु चयन भएका छन् ।

यसैगरी सदस्यमा रोशन सिजापति, अम्बिका दुलाल, निरज भुजेल, कमल पोख्रेल, सुदिप रायमाझी, हरि पौडेल, लाछु गिरि, पदम खड्का, हरि प्रशाद पौडेल, सपना श्रेष्ठ, सरदा चौधरी, प्रज्वल आलेमगर, सुमन लिम्बु, सन्तोष रतन, दिपक रेग्मी चयन भएका छन् ।