७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामीले पठाएको रेमिट्यान्सले मुलुक चल्ने, मत किन नचल्नेः अध्यक्ष अर्याल



अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रदेश र संघीय निर्वाचनमा विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिनुपर्ने माग उठेको छ ।

प्रवाशी नेपाली मञ्च माल्टाको अधिवेशनमा एनआरएनएका माल्टा अध्यक्ष भुवन अर्यालले देशको भाग्य र भविष्यको फैसला गर्ने निर्वाचनमा कुनै न कुनै रुपमा मतको अधिकार पाउनुपर्ने बताए ।

नेकपा एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराईले उद्घाटन गरेको कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष अर्यालले देशको भविष्य सुन्दर बनाउनका लागि विदेशमा रहेर रेमिट्यान्स मार्फत् साथ दिइरहेका युवालाई राज्यले उपेक्षा गरे असहज परिस्थिती उत्पन्न हुनसक्नेतर्फ ध्यान दिन आग्रह गरे ।

श्रम बेचेर देशको अर्थतन्त्र सुधारका लागि भूमिका खेलेका युवाको सिप राज्यले प्रयोग गर्नुपर्ने अर्यालको भनाई छ ।

यस्तै, कार्यक्रममा एमाले विदेश विभाग प्रमुख भट्टराईले विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउने विषयमा एमालेले निर्वाचन आयोगलाई आग्रह गरिरहेको जानकारी गराउँदै कुनै न कुनै रुपमा सम्बोधन हुने आश्वासन दिए ।

अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको एनआरएनए अध्यक्ष अर्यालले जानकारी दिए ।

मञ्चको अध्यक्षमा सत्य नारायण झा, उपाध्यक्षमा येमु राइ,सचिवमा बिरोजंग पाण्डे, सह सचिबमा भारत अर्याल र दर्सन लिम्बु चयन भएका छन् ।

यसैगरी सदस्यमा रोशन सिजापति, अम्बिका दुलाल, निरज भुजेल, कमल पोख्रेल, सुदिप रायमाझी, हरि पौडेल, लाछु गिरि, पदम खड्का, हरि प्रशाद पौडेल, सपना श्रेष्ठ, सरदा चौधरी, प्रज्वल आलेमगर, सुमन लिम्बु, सन्तोष रतन, दिपक रेग्मी चयन भएका छन् ।