• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस संसदीय दलको बैठक बस्दै ★   काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी ★   पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा ★   दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत ★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम

नोबेल कलेजका एक शिक्षक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ



काठमाडौँ । प्रहरीले नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीका एक शिक्षकलाई पक्राउ गरेको छ । आफ्नै कलेजकी एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

कक्षा १२ का विद्यार्थीहरुले ती छात्रामाथि दुर्व्यवहार गरिएको भन्दै आज बिहानै देखि नाराबाजी गरेका छन् । उनीहरुले आरोपित शिक्षकलाई कारबाही गर्न माग गरेका छन् ।

विद्यार्थीहरुको नाराबाजीसँगै आन्दोलनपछि प्रहरीले आरोपित शिक्षकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने अंग्रेजी विषय पढाउने ३९ वर्षीय सरोज भट्टराई रहेको प्रहरीले जनाएको छ । अहिले प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार ती शिक्षकमाथि च्याटमा विद्यार्थीसँग दुर्व्यवहार गरेको आरोप लागेको छ ।