५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्याविरुद्धको सिरिज एक खेल अगाबै जित्ने दाउमा नेपाल



अ+ अ-

काठमाडौँ । घरेलु टोली केन्याले चौंथो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाललाई १०२ रनको विजयी लक्ष्य दिएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा अलआउट हुँदै १०१ रन जोड्यो ।

केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाए भने कोलिन्स अबुयाले २० रन जोडे । कप्तान शेम एन्गोचेले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

केन्यालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । यस्तै आदील अन्सारीले २ तथा साहब आलम र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।

यस खेलमा नेपाल जित निकाल्दै एक खेल अगाबै सिरिज आफ्नो पोल्टामा पार्ने योजनामा रहेको छ । यस खेल जितेमा नेपालले सिरिज एक खेल अगाबै आफ्नो बनाउनेछ ।

पाँच खेलको टी–ट्वान्टी सिरिजमा नेपालले २–१ को अग्रता बनाएको छ । आइतबार भएको तेस्रो खेलमा ४ विकेटको जित निकाल्दै नेपालले सिरिजमा अग्रता लिएको हो ।

त्यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित हुन पुगेको थियो ।

नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी–ट्वान्टी मंगलबार हुनेछ । टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।

पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।