९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

असि वर्षका छन्त्याल भन्छन्- सडक सुविधाले अझै १० वर्ष बाँच्ने रहर बढायो

असि वर्षका छन्त्याल भन्छन्- सडक सुविधाले अझै १० वर्ष बाँच्ने रहर बढायो
अ अ+ अ-

बागलुङ । तमानखोला गाउँपालिका–६ नर्जाखानीका मीनबहादुर छन्त्यालले आठ दशक पार गर्नुभयो । जीवनको आठ दशकको अवधिमा छन्त्यालले कयौँ दुःखकष्ट भोग्नुभयो । अझै पनि उहाँ हट्टाकट्टा हुनुहुन्छ ।

गाउँमा सडक आएपछि उहाँले अझै १० वर्ष बढी बाँच्न सक्ने बताउनुहुन्छ । “अहिले गाउँमा मोटर आएपछि निकै धेरै सुविस्ता भएको छ, पहिलाको जस्तो दुःख गर्नु पर्दैन, यो ठाउँका मान्छेलाई सबैभन्दा दुःख नुन, तेल र चामलको हो, यी सबै ल्याउन बजारमा जानुपथ्र्यो, बिहान उठेर बजारमा गयो भने मध्यरातमा फर्कनुपथ्र्यो”, छन्त्यालले भन्नुभयो, “आजभोलि त बजार जान पनि पर्दैन सकैथोक गाउँमै छ, पहिलाको जस्तो दुःख गर्न नपर्दा अझै १० वर्ष बाँचुलाजस्तो लाग्छ ।”

दशक अगाडि तमानखोलाका गाउँहरूसम्म पुग्ने फराकिला गोरेटो बाटाहरू थिएनन् । स्थानीय बासिन्दा साँघुरै गोरेटोमा उकाली–ओराली गर्थे । त्यही गोरेटोमै पशु चौपाय ओहोरदोहोर गराउँथे । अहिले ती उकाली–ओलारी गर्ने गोरेटोहरू फेरिएका छन् । गोरेटो बाटो फेरिएसँगै स्थानीयको मन फेरिएको छ, तन फरिएको छ र जीवनशैली नै फेरिएको छ ।

कुनै समय मान्छे ओहोरदोहोर गर्न सकस पर्ने गोरेटोमा अहिले सररर मोटर गुड्छन् । यसरी गाउँमा मोटरबाटो आउला भन्ने स्थानीयवासीले कल्पनासमेत गरेका थिएनन् । तर अहिले गाउँमा दैनिक गाडी गुड्दा दङ्ग छन् । सडकले यहाँको रहनसहन र दैनिकी फेरिँदै छ ।

कतिपय यसलाई देशमा आएको राजनीतिक प्रतिफल मान्छन् त कोही समयले ल्याएको परिवर्तन । “गाउँमा सडक आयो बिरामी भएपछि सहजै अस्पतालसम्म पुग्न सकिन्छ, गाउँलेहरूको धेरैजस्तो समस्या समाधान भएको छ, गाउँमा सडक आउला, यस्तो विकास होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ”, छन्त्याल भन्नुहुन्छ, “हामी त निकै दुर्गममा छौँ, यस्तो ठाउँमा गाडी आउला, सुविस्ता देला भन्ने लागेको थिएन, तर अहिले यसरी घरै अगाडि सधैँ गाडी गुड्दा अचम्म लाग्छ ।”

उहाँले बिरामी पर्दा डोकोमा बोकेर अस्पताल पु¥याउने गरेको स्मरण गर्दै सडकले अहिले सामान्य उपचारका लागि टाढा पुग्न नपर्ने बताउनुहुन्छ । “हाम्रो पालामा कोही मान्छे बिरामी प¥यो भने डोकामा बोकेर अस्पताल पु¥याउनुपथ्र्यो, बाटोघाटो गतिलो थिएन, त्यसरी अस्पताल लैजाँदै गर्दा कतिको बाटैमा मृत्यु भयो, कति निको भएर घर फर्के, अहिले कोही बिरामी पर्दासाथ गाडी बोलायो, गाडीमा हालेर उतिखेरै अस्पताल पु¥याउँछन्, सामान्य उपचार त गाउँमै पनि हुन्छ ।”

तमानखोला गाउँपालिकामा स्थानीय सरकार आएपछि २७ बस्तीमा सडक पु¥याएको छ । यसले स्थानीयवासीलाई खुसी त दिने नै भयो, दैनिकीसमेत फेरिदिएको छ, जीवनशैली फेरिदिएको छ । अब उनीहरूलाई पहिलोको जस्तो कहालीलाग्दो जीवन बिताउनुपर्ने छैन । सडक पुगेपछि अन्य विकासका पूर्वाधार पनि धममाधम निर्माण भइरहेका छन् ।

तमानखोला गाउँपालिका–४ लाम्मेलाका हर्कबहादुर छन्त्याल ७६ वर्ष हुनुभयो । उहाँ पनि गाउँमा सडक आएपछि निकै खुसी हुनुहुन्छ । विसं २०१८ देखि लामो समयसम्म बुटवलबाट खाद्यान्न तथा नुन बोकेर उपभोग गर्दै आउनुभएका छन्त्याल अहिले आफ्नै घर अगाडि ती सामान पाउँदा दङ्ग हुनुहुन्छ ।

सडक नहुँदा गाउँलेहरूले कैयन समस्या सामना गर्दै आएको सुनाउँदै छन्त्यालले अब दुःखका दिन गएको बताउनुभयो । गाउँमा घाँस दाउराको भन्दा औषधोपचार र खाना जोहो गर्नु निकै चुनौतीपूर्ण रहेको भन्दै अहिले सबै सुविधा सहजरूपमा लिन सक्ने छन्त्यालको भनाइ छ ।

आफूले धेरैपटक बुटवलबाट नुन लिएर उपभोग गरेको सुनाउँदै अहिले घर छेउकै दोकानबाट नुनतेल र चाहिए जति सामान ल्याउने गरेको बताउनुहुन्छ । “घरमा नुन सकियो भने गाउँका सबैसँग सल्लाह गरेर खसौली बटौली जान्थ्यौँ, बाटोमै खाना पाकाएर खान्थ्यौँ, बाटोमै सुत्थ्यौँ, निकै रमाइलो पनि हुन्थ्यो, कष्ट पनि”, उहाँले भन्नुभयो, “अहिलेका पुस्ताले त्यो दुःख भोग्नु पर्दैन, हाम्रो दुःख सुनाउँदा उनीहरूलाई कथाजस्तो लाग्छ रे, बटौलीबाट नुन बोकेर खाएका हौँ भन्दा पत्याउँदैनन् ।”

आफूले मोटर गाडी बुटवल, पाल्पा पुगेर देखेको भन्दै अहिले गाउँका हरेक कुनाकाप्चामा गुड्ने गरेको छन्त्यालले बताउनुभयो । आफूहरूले खेतीपाती र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएको भन्दै छन्त्यालले अब बढी उत्पादन भएको वस्तुलाई बजारसम्म पु¥याउन सहजसमेत बनेको बताउनुहुन्छ ।

“मैले बटौली नुन लिन जाँदा १७ वर्षको उमेरमा बटौलीमा मोटर देखेको थिएँ, त्यसपछि पाल्पा, तानसेन, वामीटक्सार, खरबाङ, बुर्तिबाङ हुँदै अहिले गाउँ–गाउँमा मोटर पुग्यो, घरबाट निस्किँदा बित्तिकै देख्न पाइन्छ”, उहाँले भन्नुभयो, “पहिले उत्पादन भएका आलु, सिमीहरूले गाउँभन्दा बाहिर जाँदैनथे, अहिले बढी उत्पादन भयो भने यही गाडी ल्याएर खोज्दै आउँछन्, यसले गर्दा आम्दानी पनि बढेको छ ।”

आलु र सिमी उत्पादनका लागि तमानखोला प्रख्यात मानिन्छ । आधा दशक अगाडिसम्म यहाँ उत्पादित सामग्रीहरू बजार बाहिर जाँदैनथे । सडक थिएन । स्थानीयले बोकेर बजारसम्म पु¥याउन गाह्रो थियो । जब गाउँहरू मोटरबाटोले जोडिए । तब उत्पादित वस्तुले बजार पाउन थाले । कृषकको पनि जीवनशैली सहज बन्दै गयो ।

मोटरबाटोले गाउँ जोडिएपछि गाउँलेको जनजीवन फेरिएको तमानखोला गाउँपालिका–२ का भीमबहादुर घर्ती मगरले बताउनुभयो । उहाँले सडकले गाउँ जोडिनुका साथै तमानखोलामा विकासको ढोका खुलेको बताउनुहुहुन्छ । सडकका कारण गाउँमा विस्तारै साना उद्योगहरू सञ्चालनमा आउन थालेको र रोजगारीको सिर्जनासमेत हुन थालेको घर्तीको भनाइ छ ।

“मोटरबाटोले गाउँ मात्रै जोडिएन, यसले त सिंगो तमानाखोलाको विकासको ढोका खोल्यो, अब यहाँ थुप्रै विकास हुने छन्, कतिपय विकासका काम त सुरु भइ सके, ठाउँ–ठाउँमा पुल बने, सडक बने, खानेपानीका धारा बने, कतिपय ठाउँमा बन्दैछन्, विकास भन्ने यही त होनी, हामीले चाहेको खोजेको पनि यही हो”, घर्तीमगरले भन्नुभयो, “अहिले त गाउँगाउँका साना उद्योग पनि सञ्चालन भइरहेका छन्, यहाँ थोरैले भए पनि रोजगार पाएका छन् ।”

अब वर्षौँदेखि सडक नहुँदा भोग्दै आएका समस्याहरू विस्तारै समाधान हुने क्रममा छन् । तमानखोलामा स्थानीय सरकार आउनुपूर्व दुईवटा बस्तीमात्रै मोटरबाटोले जोडिएका थिए । अहिलेसम्म आउँदा छवटै वडाका सबै बस्तीमा मोटरबाटो पुगेको छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभान र वडा नं ३ को तमान गाउँ स्थानीय सरकार आउनुपूर्वनै मोटरबाटोले जोडिएका थिए ।

म्याग्दीसँग सीमा जोडिएको तमानखोला धार्मिक पर्यटकीय हिसाबले पनि अत्यन्तै सम्भावना बोकेको छ । चर्चित सोलेडाँडा, बराहताललगायतका पर्यटकीय गन्तव्यसम्म गाउँपालिकाले सडक पु¥याएको छ । सडकका कारण पर्यटकीयस्थलमा समेत आन्तरिक पर्यटक बढ्न थालेका छन् । पालिकाको केन्द्र बोङ्गादोभान बजारदेखि तमान, लाम्मेला, नर्जाखानी, खुङ्खानी, भयरभोङ्गा, स्याउलालगायतका ठाउँमा वर्षात्को समयमा सिधा यातायात सञ्चालन हुनसकेको छैन ।

यी ठाउँहरूमा सिधा यातायात सञ्चालनका लागि बोङ्गादोभानमा मोटरेवल पुल निर्माण हुँदै छ । यहाँ पुल निर्माणपछि पालिकाको केन्द्रदेखि सबै वडा र बस्तीमा सिधा यातायात हुनेछ । गत वर्षसम्म बुर्तिबाङ बजारबाट पालिकाको केन्द्रसम्म पनि वर्षात्को समयमा सिधा यातायात हुँदैनथ्यो । ढोरपाटन नगरपालिका–३ हुँद्राफेँदी र तमानखोला गाउँपालिका वडा नं १ बालिभाङमा दुईवटा मोटरेवल पुल निर्माण भएपछि अहिले बाह्रै महिना सिधा यातायात सञ्चालन हुन्छ ।

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जिल्लामा सबैभन्दा दुर्गमको पालिका तमानखोला भएको हुँदा विकास निर्माणमा निकै चुनौती भएको बताउनभयो । चुनौतीका बाबजुद सबै बस्तीमा सडक पु¥याउन सफल भएको बताउनुभयो । भौगोलिक विकटता र छरिएर रहेको बस्तीका कारण सडक सञ्जालले जोड्न केही ढिला भए पनि पाँच वर्षमा सबै बस्तीमा मोटरबाटो पुगेको उहाँ बताउनुहुन्छ ।

“तमानखोला गाउँपालिका दुर्गम पालिका हो, यहाँको भौगोलिक बनावट, छरिएको बस्तीका कारण हामीलाई विकास निर्माण गर्न निकै चुनौती थियो, त्यसका बाबजुत पनि पालिकाको २७ वटै बस्तीमा अहिले गाडी गुड्न सक्छन्”, अध्यक्ष बुढामगरले भन्नुभयो, “पाँच वर्षको कार्यकालमा सडक सञ्जालले सबै बस्ती जोड्यौँ, अब ती सडकलाई बाह्रै महिना सञ्चालन गर्ने गरी विकास गर्नुपर्ने छ, हामी त्यसअनुसार लागिपरिरहेका छौँ ।”

अध्यक्ष बुढामगरले सडक नै विकास निर्माणको मुख्य आधार भएको र सडक निर्माणपछि मात्रै अन्य विकास गर्न सकिने बताउनुभयो । गाउँपालिकाले पहिलो वर्षदेखि नै सडकलाई प्राथमिता दिएर काम गरेको हुँदा अन्य विकास निर्माणका कामहरू गर्न सजिलो भएको अध्यक्ष बुढामगरको भनाइ छ ।

सडकले पर्यटन, उद्योग, कृषि र पशुपालनमा समेत ठूलो सहयोग पु¥याएको उहाँले बताउनुभयो । “पाँच वर्ष अगाडि पालिकाका धेरै गाउँहरू सडकविहीन थिए, अहिले जहाँ पुग्छौँ, त्यहाँ गाडीमै पुग्न सक्छौँ, कहीँकतै साना बस्ती भएको ठाउँमा सडक नपुगेको होला तर सबै ठाउँमा सडक पुगेको छ, हामी निर्वाचित भएर आएको पहिलो वर्षदेखि नै सडकलाई प्राथमिकता दिएर काम गरेका थियौँ, अहिले दोस्रो कार्यकाल पनि सुरु भएको छ, अब सडकलाई बाह्रै महिना सञ्चालन हुने गरी निर्माण गछौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “सडक निर्माणपछि अन्य विकासका काम पनि गर्न सहज भएको छ ।”

सडकले कृषकलाई समेत ठूलो राहत पु¥याएको अध्यक्ष बुढामगरको भनाइ छ । उहाँले सडकले नजोडिँदा यस क्षेत्रका कृषकले उत्पादन गरेका वस्तु खेर गएको र अहिले राम्रो बजारसमेत पाउने गरेको बताउनुहुन्छ । “सडकले कृषकलाई धेरै सहयोग पुगेको छ, हाम्रो पालिका पशुपालन र आलुखेतीमा अब्बल छ, पहिलेदेखि नै यहाँका कृषक खेतीपाती र पशुपालनमा लागेको हुँदा बजार अभाव थियो, बोेकेर लैजाने अवस्था थिएन, अहिले व्यापारी खरिद गर्न गाउँमै आउँछन्”, उहाँले भन्नुभयो, “अझ पर्यटन क्षेत्रको प्रचार–प्रसारमा समेत सहयोग पुगेको छ, सडक नहुँदा सोलेडाँडा, बराह ताललगायतका गन्तव्यमा आन्तरिक पर्यटक आउँदैनथे, अहिले सडकले गर्दा हिउँद–बर्खा जहिले पनि मान्छे आइरहन्छन् ।”

गाउँपालिकाले सडकसँगै स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि जोड दिएको छ । नागरिकलाई सहज स्वास्थ्य उपचारका लागि एक घण्टाको दूरीमा सामुदायिक स्वास्थ्य एकाइ, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य उपचार केन्द्र बनाएको छ । शिक्षातर्फ पनि स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन सुरु गरेको छ । रासस