७ पुष २०८२, सोमबार
,
Latest
राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सिट बाँडफाँडमा समस्या छैन्, हाम्रो पार्टीको तर्फबाट भावी प्रधानमन्त्री प्रचण्ड नै हो’



अ+ अ-

काठमाडौं, ११ भदौ । नेकपा (माओवादी केन्द्र) नवनियुक्त उपमहासचिव शक्ति बहादुर बस्नेतले गठबन्धनको सिटको बाँडफाँड सबैलाई स्विकार्य हुनेगरि मिल्ने दाबी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिले सिट बाँडफाँडबारे गम्भीर रुपमा छलफल चलिरहेको र छिट्टै निश्कर्षमा पुगिने विश्वास दिलाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सिट बाँडफाँडबारे अहिले गठबन्धनमा आवद्ध दलहरुको तर्फबाट प्रस्तावमाथि छलफल भैरहेको सुनाए । उनले भने,“अहिले छलफल भैरहेको छ, अब यसबारेमा निश्कर्ष निकाल्छौं ।”

उनले सिट बाँडफाँडबारे हिजो स्थानीय तहको निर्वाचनमा पनि समस्या थियो र त्यसलाई हल गरिएको सुनाउँदै अहिले संघको निर्वाचनमा पनि सिट बाँडफाँड मिल्ने बताए । उनले भने,“गठबन्धन आजको आवश्यकत्ता हो कि होईन भन्ने कुरा पहिले बुझ्नुपरयो । अहिले सबै दल गठबन्धन गरेर जाने निश्कर्ष निकालेका छन् । त्यसैले सिट बाँडफाँड मिल्छ ।”

उनले कांग्रेस १६५ सिटमै उम्मेद्धवार खडा गर्ने पार्टी भएको र माओवादी केन्द्र पनि त्यस्तै पार्टी भएकोले सिट बाँडफाँड ठूलो समस्या नभएको जिकिर गरे ।

उनले माओवादी केन्द्रको तर्फबाट भावी प्रधानमन्त्रीको रुपमा लिएर अध्यक्ष प्रचण्डकै नेतृत्वमा आफूहरु चुनावमा सहभागी हुने सुनाए ।

नेता बस्नेतले पाँच वर्षको अवधि सम्पूर्ण समस्या समाधान गर्नै अवधि नभएपनि ५ वर्ष केही पनि भएको छैन भन्ने नभएको सुनाए । उनले शिक्षा, स्वास्थ्य र आर्थिक विकासको क्षेत्रमा परिवर्तन भएको दाबी गरे ।

उनले मुलुकमा व्यवस्था बदलिएपनि जनताको अवस्था नबदलिएको टिप्पणी गरे । अपेक्षित ढंगले मुलुकमा आर्थिक सामाजिक अवस्थामा परिवर्तन आउन नसकेको उनको भनाई छ । उनले भने,“यसबारेमा बहस चलिरहेको छ । कतिपयले राजनीतिक व्यवस्था ठीक नभएर हो कि भनेर बहस चलाईएको छ । अर्कोतर्फ, पार्टी गलत भएकोले यो परिणाम आएको हो भनेर बहस भएको छ । पछिल्लो समय मुलकुमा उल्लेखनीय परिवर्तन भएका छन् । अझै परिवर्तनलाई व्यवहारिक रुप दिनको लागि, केही नमिलको कुरा मिलाउनुपर्छ । यो कोण पनि छ ।”

उनले अहिलेको व्यवस्था त्रुटिपूर्ण नभएको जिकिर गरे । उनले मुलुकमा लोकतन्त्र अझै मजबुद र फराकिलो भएको सुनाए । व्यवस्थाको दृष्टिकोणले हेर्दा यसलाई त्रुटिपूर्ण भन्न नमिल्ने उनको भनाई छ । यद्धपी उनले दलहरु कमजोरीरहित छन भनेर आफूले नभन्ने पनि सुनाए । मुलुकको भाग्य र भविष्यको निरुपण दलबाट नै भएको बताए ।

कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले उपमहासचिव बस्नेतलाई खादा लगाएर सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।