• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

हुँदा खाने र हुनेखानेका तीज



काठमाडौँ । नाचगान गर्ने, मीठोमसिनो खाने र साथी सङ्गिनीसँग भेटघाटमा भलाकुसारी गरेर मनाइँदै आएको परम्परागत तीज भड्किलो, उत्ताउलो र फेसनदार बन्दै गएको छ ।

तीज हिन्दू नारीहरुले मनाउँदै आएको प्राचीन तथा महत्वपूर्ण चाड हो । यो चाड भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान, मनोरञ्जन र महिलामैत्री वातावरणमा मनाइने गरिन्छ ।

महिला अधिकारकर्मी निर्मला श्रेष्ठका अनुसार वर्ष दिनमा एकपटक चार दिनसम्म मनाइने तीज वर्गीयरुपमा विभाजन भएको स्वीकार्नुहुन्छ । समाजमा हुनेखाने वर्ग र हुँदा खाने वर्गले मनाउने तीज फरकफरकरुपमा मनाउन थालिएकामा उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ ।

मौलिक परम्परा र नेपाली पहिरनमा गाउँघरका चोक, विभिन्न चौतारा तथा शिव भगवानका मन्दिरमा मनाइँदै आएको तीज अहिले होटल तथा विभिन्न पार्टीप्यालेसमा उत्ताउलो पहिरन, झकिझकाउ गरगहना, अस्वस्थ भोजभतेर र विभिन्न प्रकृतिका पेयपदार्थमा रम्न रुचाउने एकाथरी महिला तथा हुँदा रमाइलो गर्ने महिलाबीच समाजमा मतभेद देखिन थालेका छन् ।

“हुनेखाने वर्गले हुँदा खाने वर्गलाई सहयोग गर्नु भनेको समाजवादोन्मुख समाज वा राष्ट्रको परिकल्पना हो”, अगुवा नेत्री प्रतिभा सुवेदीले भन्नुभयो, “संस्कार र संस्कृति देखासिकी र छाडा चरित्रले मनाउनु हुँदैन, परम्परागत र सालिनतापूर्वक पारस्पारिक सद्भाव फैलिने गरी मनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

तीजको वास्तविकस्वरुप परिवर्तन भएको छ । संस्कृतिका जानकार ज्ञानकाजी मानन्धरले भन्नुभयो, “आप्mना मौलिक पहिचान र परम्परालाई बिर्सेर तीज तडकभडक तथा रङ्गीविरङ्गीरुपमा देखिन थाल्नु संस्कृतिमाथिको बज्रपात हो ।”

पहिलेका तीजमा पुराना तथा मौलिक एवं पीडादायी मर्मस्पर्शी गीतका भाषा सुनिन्थे । अन्याय, अत्याचार, विकृति, विसङ्गति, हेलाहोचो, विभेदपूर्ण व्यवहार, आरोप, अनावश्यक पीडा, दुःखकष्ट र विरहका गीत मेलापाता, पहाडका फाँट र घाँसपात गर्न जाँदा वनपखेराबाट गुञ्जिन्थ्यो । आजकाल वीरहका गीत पहाडका फाँट, मेलापाता र वनपखेरामा होइन, होटल तथा पार्टीप्यालेसमा फरक ढङ्गले सुन्न सकिन्छ । आजकाल तीज मनाउन स्थानीय सहकारी तथा अन्य सङ्घसंस्था एवं राजनीति दलका नेताहरुले आर्थिक सहयोग गर्ने गरेको पाइन्छ ।

विश्वका हरेक देशका आआप्mनै संस्कृति/वेषभूषा तथा परम्परा हुन्छन् । मौलिक परम्परा राज्यका अथाह सम्पत्ति हुन् । तिनीहरुको संरक्षण/सम्वद्र्धन गर्नु सबै नागरिकको कर्तव्य हुन्छ । पछिल्लो समय अन्यत्रका संस्कृतिको नक्कल गर्ने तथा अरुको देखासिकी गर्ने चलनले तीजको मौलिकतामा आघात पुगेको स्वयं महिला स्वीकार्नुहुन्छ ।

तीज भाद्र शुक्लबाट सुरु भए पनि भोजभतेर, नाचगान, एक हप्ताबाट सुरु भइरहेका छन् । जो संस्कृतिका नाममा विकृति हो । हुनेखाने वर्गले एकहप्तासम्म तीज मनाउँदै आएका छन् । हुँदाखाने मीठो खानेकुरा खान, राम्रो लुगा लगाउन र साथीभाइसँग भेटघाट गरौँला भन्दै आउँदो तीजको गणना गर्दै बसेका छन् ।

शिक्षिका दुर्गा थापाका अनुसार हाम्रा आम ले मनाउने तीज र अहिले हामी जस्ता आधुनिक महिलाले मनाउने तीजमा व्यापक फरक छ । “पहिलेका आमालाई एक छाक मीठो मसिनो खान मुस्किल थियो, वर्ष दिनमा एकपटक माइत÷मावला जान पाउँदा अति खुसी हुन्थे, राम्रो पहिरन मुस्किलले प्राप्त हुन्थ्यो, वर्ष दिनमा एकपटक माइतीतर्फका साथीसङ्गिनीलाई भेट्न पाउँदा अति खुसी हुन्थ्यौँ ।” ८२ वर्षीया महिला गोपिनी कार्कीले भन्नुभयो ।

पहिलेका महिलालाई घरायसी कामकाजको बोझबाट प्रायः फुर्सद मिलाउन हम्मेहम्मे पर्र्दथ्यो । वर्षदिनका लागि एकदिन तीजमा मीठोमसिनो खानुपर्छ भन्दै जोहो गरेर छुट्याउने चलन थियो । वर्षदिनमा एकदिन तीजका लागि माइत जान पहिले नै सासूससुरा र आप्mनो पतिलाई खुसी राख्नुपर्दथ्यो । पछि आफैँले गनुपर्ने कामको चाजोपाँजो स्वयं आफैँले मिलाएर हिँड्नु पर्दथ्यो । रासस