• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला

म अनागरिक, कसरी जन्मदिन मनाउँ ?



काठमाडौं । २०५० साल भदौ १० गते धनुषाको गणेशमान चारनाथ नगरपालिका९ ३ भरतपुरमा जन्मिएका जित (इन्द्रजीत) साफी आज २९ वर्ष पुरा भए । आज उनको जन्मदिन तर साफीलाई जन्मदिन मनाउने कि नमनाउने भन्ने दोधार छ, जन्मदिन प्रति कुनै उत्साह नै छैन ।

नागरिकता लिने उमेरदेखि २९ वर्षको उमेरसम्म निरन्तर भोग्दै आएको तनावबाट यसपटक मुक्त हुन्छु कि भन्ने उनलाई लागेको थियो । तर फेरि उनी र उनी जस्तैले नागरिकता पाउने विधेयक राजनीतिक दाउपेचको विषय बनेको छ ।

नागरिकता दिनु नै पर्ने नागरिकलाई बाटो सहज बनाउन सरकारले नागरिकता संशोधन विधेयक ल्याउँदै गर्दा गैर नेपालीलाई पनि नागरिकता प्रदान गर्ने बाटो सहज बनाएको आशंका सहित यतिबेला यो विषय पेचिलो बनेको छ । संसदबाट पारित भै राष्ट्रपतिकोमा प्रमाणीकरणका लागि पुगेको विधेयक कतिपय बुँदामा पुनर्विचार गर्न संसदमा नै फिर्ता आएको छ ।

राष्ट्रपतिबाट फिर्ता गरिएको यो विधेयक प्रतिनिधिसभाले कुनै विषय परिवर्तन नगरी पुनः पारित गरिसकेको छ भने राष्ट्रियसभामा छलफल हुने क्रममा रहेको छ ।

जन्मसिद्ध र एकल आमाका सन्तानलाई नागरिकता दिन सरकार र संसद् जिम्मेवार नभएको उनको ठम्याई छ । त्यही कारण केही वर्षदेखि उनी नागरिकताविहीन संघर्ष समितिको संयोजक नै भएर आन्दोलनमा होमिएका छन् ।

न्युजपोलारसंग उनले भने, बुबाआमाले पढाउनु भयो, ईञ्जिनियर समेत बनें तर नागरिकता नहुँदा मैले भोग्नु परेको पीडाको बयान गरेर साध्य नै छैन ।

साफीले भारतको कुरूक्षेत्र युनिभर्सिटी हरियाणाबाट सिभिल इन्जिनियर विषयमा स्नातक (बिई) गरेका छन् । उनी आफ्नो पालिकाभरमा एक्ला दलित इन्जिनियर पनि हुन्। जन्मसिद्ध र एकल आमाका सन्तानले नागरिकता नपाउँदा समस्या परेको भन्दै साफीले न्यूजपोलारसँग भने, ‘सक्षम हुदाँहुँदै पनि राज्यले हामीलाई कहिलेसम्म नागरिकताविहीन बनाउँछ ।’

साफीकै अगुवाईमा स्थानीय निर्वाचनका बेला सबै प्रमुख दलका शीर्ष नेतादेखि जिल्ला जिल्लामा पुगेका सांसदलाई यसबारेमा स्मरण पनि गराए। उनले भने, “बुबाआमाले नागरिकता पाइसके, नागरिकता नदिने हो भने हामी कुन देशका नागरिक हो राज्यले उतै पठाइदिनु पर्यो ।”

साफीले अगाडि भने, “आमाले नौ महिना कोखमा राखेर जन्माएको बच्चालाई उही आमाको नामबाट नागरिकता दिन किन नसक्ने रु”

बच्चाको जन्मदर्ता गर्न, विद्यालय भर्ना हुन, सवारी लाइसेन्स लिन, जग्गा पास गर्न, बैंक खाता खोल्न, मोबाइलका सिमकार्ड लिन पनि नागरिकता चाहिन्छ, तर नागरिकता नभएकै कारण धेरै समस्या भोग्नु परेको उनको दुःखेसो छ ।

उनले भने, “सरकारले कि तँ नेपाली होइन भन्नुपर्यो, होइन भने नागरिकता दिनु पर्यो । आफ्ना नागरिकलाई समस्यामा राख्न भएन ।” सरकारले सुनेर पनि नसुनेको जस्तो र बुझेपनि नबुझेको जस्तो गर्दा झन् आफूहरु थप पीडित भएको उनको गुनासो छ ।