१२ पुष २०८१, शुक्रबार
,
Latest
विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका निरन्तर पहल तीनकुने जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारलाई मेयर शाहको ध्यानाकर्षण जलविद्युत आयोजनाहरुमा निजी क्षेत्रको स्वामित्व बढाउनुपर्नेमा सांसदहरुको जोड मुलुक निर्माणको लागि आत्मविश्वासको साथ अघि बढ्नुपर्नेः महासचिव पोखरेल मेला महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै अर्थतन्त्र चलायमान बनाउन टेवा पुर्याउँछः उपप्रधानमन्त्री सिंह जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’ गाउँपालिका, नगरपालिका र जिसस महासङ्घद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण ‘होस्टेल ३’ को नयाँ प्रदर्शन मिति फागुन २३ तय, हास्यरस मिसाइएको पोस्टर सार्वजनिक मोहन वैद्य अस्पताल भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरले खाली गरायो राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ ।

दुई–तीन पटक पार्किङ एरिया खाली गराउनका लागि चिठी पठाए पनि विभागले अटेर गरिरहेको छ । उक्त स्पेस अरु नै काममा प्रयोग भएपछि सेवाग्राहीले पार्किङका लागि असुविधा भोग्दै आएका छन् । जसकारण महानगरले बल प्रयोग गरेर सो स्थान खाली गराएको हो ।

बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु समेत हटाएको छ ।

महानगरका मेयर बालेन्द्र साह (बालेन) आफैं भने फिल्डमा उत्रिएका छैनन् । महानगरका नगरप्रहरीहरु पार्किङ खाली गराउनका लागि खटिएका छन् । एसपी राजू पाण्डेको नेतृत्वमा नगरप्रहरीको टोली विभागमा पुगेको हो ।