२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

धानका गाँज मर्न थाले, किसानलाई चिन्ता



अ+ अ-

बागलुङ । बागलुङ नगरपालिका–१२ अमलाचौरको सतीपोखराका सोमनाथ पौडेलले खेतमा लगाएको धानबालीका गाँज मर्न थालेका छन् । जेठताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविकभन्दा कम भएको पीडा व्यहोर्नुभएका पौडेल धानका गाँज मर्न थालेपछि चिन्तित हुनुहुन्छ ।

उहाँले यसअघि खेतमा मकै र धानका बिरुवा मरेको देख्नुभएको थिएन । सिँचाइ नभएको ठाउँमा मात्रै होइन, प्रशस्त सिँचाइ भएको खेतमा समेत धानका गाँज मरेका छन् । गाँज मर्ने रोगको विषयमा किसान अनभिज्ञ छन् । मकैबालीमा मात्रै रासायनिक मलको प्रयोग गर्ने पौडेलले कहिल्यै धानमा रासायनिक मल हाल्नुभएन । घरमै उत्पादन हुने प्राङ्गारिक र गोबर मलको भरमा उहाँले खेतबारीबाट राम्रै उत्पादन लिनुहुन्थ्यो । पछिल्ला केही वर्षयता बालीमा हुने सङ्क्रमणका कारण पौडेलजस्तै गाउँभरिका किसान मर्कामा छन् ।

अमलाचौरकै बाँसचौरका लीलाधर विकको पनि समस्या उस्तै छ । घर नजिकैको करेसामा लगाएका तरकारीका बिरुवासमेत मर्न थालेकाले उहाँ चिन्तित हुनुहुन्छ । वर्षौँदेखि खेतबारीमा काम गर्नुभएका पौडेल र विकजस्तै अमलाचौरका अधिकांश किसानले न त खेतीमा देखिएको रोग किराको सङ्क्रमणको विषयमा जानेकालाई बताउनुभयो न त आफ्नो माटोको उर्वराशक्ति खोज्नुभयोे ।

हिउँदे र वर्षेबाली दुवैमा रोग किराको सङ्क्रमण देखिन थालेपछि किसान कृषि प्राविधिकको खोजी गर्न थालेका छन् । “खेतमा धान मरेको छ, बारीको कोदो पनि जोगिएन्” पौडेल भन्नुहुन्छ, “किसानलाई हरेक हिसाबले मार परेको छ ।” बाली पहेँलो हुने, सुक्ने र कुहिने गर्ने गरेको पौडेलले बताउनुभयो । बालीमा क्षति हुने देखेपछि अमलाचौरका अधिकांश किसानले आफ्नो खेतबारीको माटोको उत्पादन क्षमताका विषयमा जानकारी लिएका छन् । तर माटोको उर्वराशक्तिभन्दा खनजोत र व्यवस्थापनले रोग किराको सङ्क्रमण बढी हुने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो ।

“हिउँदमा लगाएको मकैबाली भित्र्याएपछि राम्रोसँग खनजोत गरेर माटो नसुकाउँदा मकैको डाँठहरूमा हुने किरा माटोमा लुकेर बसेका हुन्छन्, तीनै किराले धानबालीमा आक्रमण गर्दा गाँज मर्ने हुन्छ”, भट्टराई भन्नुहुन्छ, “पर्याप्त पानी नहुने, धमिरा, खुम्रे किराको आक्रमणलगायत कारणले पनि धान, मकै तथा कोदोबाली मर्ने समस्या आउने गरेको छ ।”

रोग किराको सङ्क्रमणबाट बच्नका लागि बाली लगाउनुपूर्व सावधानी अपनाउने र रोग लागेपछि उपचार गर्ने गर्नुपर्ने भट्टराईले बताउनुभयो । बालीमा नाइट्रोजनको कमीले पनि बिरुवा मर्ने समस्या देखिने भएकाले समयमा नै कृषि प्राविधिकको सल्लाहमा उपचार र निदान खोज्न भट्टराईले आग्रह गर्नुभयोे ।

अमलाचौरको अधिकांश खेतीयोग्य जमिनको माटो अम्लिय रहेको पाइएको छ । बागलुङ नगरपालिकाको कृषि शाखाले अमलाचौर नै पुगेर गरेको परीक्षणमा अधिकांश माटोमा पिएचमान ६।५ देखिएको कृषि प्राविधिक राहुल केसीले बताउनुभयो । अमलाचौरको तीन सय ५० रोपनी क्षेत्रफलमध्ये ६७ माटोको नमूना लिएर परीक्षण गरिएको थियो । “अधिकांश माटोमा अम्लियपन देखिएको छ, यो सुधार गर्न सकिने विषय हो, हामीले कृषि चुनको प्रयोगका लागि किसानलाई सुझाएका छौँ”, केसीले भन्नुभयो ।