१४ आश्विन २०८१, सोमबार
,
Latest
म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध धादिङ र काभ्रेका सीडीओ फेरिए अमेरिका भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै बाढी, पहिरो र डुबानमा मृत्यु हुनेको संख्या १ सय ९२ पुग्यो, ३० जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नख्खु कारागारका कैदी भागेको घटनामा छानविन समिति गठन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको अनाश्रित गुल्म नख्खु कारागार ललितपुरमा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएको घटनाका सम्बन्धमा छानविन गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ ।

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका रामेछापको पिल्पुङ गाउँपालिका–२ घर भई हाल नेपाल प्रहरीको अनाश्रित गुल्म नख्खु कारागारमा रहेका ३१ वर्षका भोला बुढाथोकीलाई उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएकामा बुधबार सोही अस्पतालबाट फरार भएका थिए । उनी विसं २०७२ देखि २० वर्षको कैद सजाय भुक्तान गरिरहेका थिए ।

उक्त घटनापछि नेपाल प्रहरी अनाश्रित गुल्म नख्खुका प्रमुखलाई जिम्मेवारीबाट हटाई कैदीबन्दीको सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीलाई पनि निलम्बन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक राठौरका अनुसार फरार रहेका बुढाथोकीलाई खोजतलासका क्रममा ललितपुरबाट खटिएको प्रहरी टोलीले महालक्ष्मी नगरपालिकाको लुभु बसपार्क नजिकबाट हत्कडीसहित पक्राउ गरिएको छ ।