२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नख्खु कारागारका कैदी भागेको घटनामा छानविन समिति गठन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको अनाश्रित गुल्म नख्खु कारागार ललितपुरमा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएको घटनाका सम्बन्धमा छानविन गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ ।

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका रामेछापको पिल्पुङ गाउँपालिका–२ घर भई हाल नेपाल प्रहरीको अनाश्रित गुल्म नख्खु कारागारमा रहेका ३१ वर्षका भोला बुढाथोकीलाई उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएकामा बुधबार सोही अस्पतालबाट फरार भएका थिए । उनी विसं २०७२ देखि २० वर्षको कैद सजाय भुक्तान गरिरहेका थिए ।

उक्त घटनापछि नेपाल प्रहरी अनाश्रित गुल्म नख्खुका प्रमुखलाई जिम्मेवारीबाट हटाई कैदीबन्दीको सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीलाई पनि निलम्बन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक राठौरका अनुसार फरार रहेका बुढाथोकीलाई खोजतलासका क्रममा ललितपुरबाट खटिएको प्रहरी टोलीले महालक्ष्मी नगरपालिकाको लुभु बसपार्क नजिकबाट हत्कडीसहित पक्राउ गरिएको छ ।