१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानको टोली साफ च्याम्पियनसीप खेल्न नेपाल आइपुग्यो



अ+ अ-

काठमाडौँ । नेपालमा आयोजना हुने महिला साफ फुटबल च्याम्पियनसीपमा सहभागी हुन आज भुटानको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ ।

यही भदौ २१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने उक्त च्याम्पियनसीपमा सहभागिता जनाउनका लागि भुटानको टोली नेपाल आइपुगेको हो । साफ च्याम्पियनसीपमा सभागिता जनाउन आउने भुटान पहिलो टोली हो ।

भुटानी टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । च्यापियनसीपमा भुटान समूह ‘बी’ मा रहेको छ । भुटानको समूहमा श्रीलङ्का र नेपाल रहेका छन् ।

उक्त प्रतियोगितामा नेपालसहित सात टोलीले प्रतिस्पर्धा गर्ने खेलतालिका रहेको छ तर केही समयअघि मात्र फिफाले अखिल भारत फुटबल महासङ्घलाई निलम्बन गरसँगै प्रतियोगितामा भारतले सहभागिता जनाउँछ जनाउँदैन भन्ने निश्चित छैन ।