१३ भाद्र २०८३, शनिबार
,
Latest
भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैदी भागेको घटनाबारे छानबिन गर्न समिति गठन



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका कैदीबन्दी फरार रहेको घटनाका सम्बन्धमा अध्ययन गर्न छानबिन समिति गठन गरेको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बुधबार उपचारका क्रममा अस्पताल लगेका रामेछापको पिल्पुङग गाउँपालिका–२ का ३१ वर्षीय भोला बुढाथोकी फरार भएका थिए । उक्त घटनाको अध्ययन गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो । फरार बुढाथोकी अनाश्रित गुल्म नख्खु ललितपुरको कारागारमा रहेका थिए ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले कैदीबन्दी फरार रहेको भन्दै अनाश्रित गुल्म नख्खुका कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाइ कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ । घटनाको बारेमा आवश्यक छानबिन भइरहेको सो कार्यालयले जनाएको छ ।