२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलमुताइरीले नेपाली फुटबललाई बिगारेः किरण चेम्जोङ



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टीमका गोलकिपर किरणकुमार चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल टोलीलाई बिगारेको आरोप लगाउनुभएको छ ।

बुधवार बंगलादेशविरुद्ध आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलका लागि अभ्यासको क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गोलकिपर चेम्जोङले राष्ट्रकालागि खेल्ने खेलाडीलाई छाडेर एन्फाले क्षणिक समयका लागि आउने प्रशिक्षको कुरा सुन्दा सिंगो फुटबल टोलीमा फाटो आएको टिप्पणी गर्नुभयो । १४ वर्षसम्म निरुन्तर रुपमा राष्ट्रिय फुटबल टिमबाट खेल्नुभएका चेम्जोङसहितका १० खेलाडीले सेवा सुविधाका लागि माग गर्दा प्रशिक्षक अलमुताईरी र खेलाडीबीच विवाद भएको थियो ।

विवादसँगै बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीलाई बाहिर राखेर अलमुताइरीले नयाँ टिम निर्माण गर्नुभएको थियो । जस यताका कुवेत भ्रमणसहितका केही खेलबाट चेम्जोङसहितका खेलाडीहरु वञ्चित रहेका थिए । गोलकिपर चेम्जोङले अन्य खेलाडी भन्दा आफूले टिमलाई विचलित बनाउने कुरा नगर्दा समेत टिमबाट आफू निष्कासित हुनुपरेको बताउनु भयो । बिना कारण टिमबाट निकालिँदा सञ्चार माध्ययमले सहयोग गर्ने अपेक्षा राखे पनि प्रशिक्षकलाई कुनै प्रश्न नगरेको गुनासो गर्नुभयो । चेम्जोङले अलमुताइरीले आपूmलाई टोली भन्दा बाहिर राख्दा दुःख नलागेको तर प्रशिक्षकले नै टोली बिगार्दा भने दुःख लागेको बताउनु भयो ।

तत्कालका लागि नेपालमा फुटबल गतिविधि नभएको अवस्थामा नेपाली टोलीले असोजमा बंगलादेशसँको मैत्रिपूर्ण खेल खेल्न लागेको छ । सोही मैत्रिपूर्ण खेलका लागि नेपाली टोलीका गोलकिपर किरण चेम्जोङ पनि टोलीमा समावेश छन् । लगातार १४ वर्ष राष्ट्रिय टोलीबाट खेलिरहेको अवस्थामा पछिल्लो समय टोली भन्दा बाहिर रहँदा आराम भएको गोलकिपर चेम्जोङले बताउनु भयो । टोलीमा फर्किएपछि चेम्जोङले कुनैपनि खेलाडीले फुटबल व्यक्तिका लागि भन्दा राष्ट्रिय झण्डाका लागि खेल्ने बताउनु भयो ।

आगामी असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुन लागेको बंगलादेशबिरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीलाई सुखद् नतिजा दिलाउने प्रतिवद्धता प्रदीप हुमागाईले जनाउनु भएको छ । जस अनुसार अहिले नेपाल टोली प्रशिक्षणमा रहेको छ । एक सातको अभ्यासमा अहिले टोली सामान्य लयका लागि प्रयास गरिरहेको छ । प्रमुख प्रशिक्षक हुमागाईँले छिट्टै टोलीलाई घटाउने भनेपनि एक साता बितिसक्दा टोलीको संख्या घटेको छैन । फुटबल गतिविधि नभएको अवस्थामा हुन लागेको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका लागि पहिलो साता अभ्यास राम्रो भएको सहायक प्रशिक्षक युगलकिशोर राईले बताउनु भयो । राईले फुटबल बनोट अनुसार शुरुवाती चरणमा गरिने अभ्यास बितेको एक सातामा गरेको बताउनु भयो । राष्ट्रिय टोलीमा दिएको जिम्मेवारी आफ्नो लागि मौका भएको भन्दै सहायक प्रशिक्षक राईले प्रमुख प्रशिक्षक हुमागाईसँग काम गर्न सहज भएको प्रतिक्रिया दिनुभयो ।

पहिलो कार्यसमितिले बाहिरिएका खेलाडीलाई राष्ट्रिय टोलीमा फर्काउने निर्णय भए अनुसार हुमागाईँले अलमुताइरीले निकालेका खेलाडीलाई समावेश गर्दै टोलीमा फर्काएका हुन् । अभ्यासमा सहभागि भएका १० खेलाडी मध्येका सुजल श्रेष्ठले अभ्यासमा फर्किन पाउँदा उत्साहित भएको बताउनु भयो । फेरि पनि मैदान फर्किएर सँगै एउटै टिममा अभ्यास गर्न पाउँदा निकै खुशी लागेको र नयाँ शुरुवातका साथ अगाडि बढेको बताउनु भयो ।

प्रशिक्षक प्रदीप हुमागाईले केही नयाँ खेलाडीलाई समावेश गर्दै ४० खेलाडीलाई मौका दिएका छन् । फुटबल प्रतियोगिता नभएको अवस्थामा आयोजन हुन लागेको मैत्रिपूर्ण खेलका लागि केही नयाँ अनुहार पनि समावेश भएका छन् । केही अनुभवी खेलाडी र केही नयाँ खेलाडीलाई समावेश गर्दै प्रशिक्षक हुमागाईं नेपाललाई सुखद् नतिजा दिलाउने लक्ष्यमा रहेका छन् ।

 

 




भर्खरै