१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुक ‘ह्याक’ गरी २० जनासँग पैसा असुल्ने १ जना प्रहरीको फन्दामा



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौँ । प्रहरीले फेसबुक ‘ह्याक’ गरेर रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न व्यक्तिका फेसबुक ह्याक गरेर उनीहरूका आफन्त, साथी तथा सहकर्मीसँग च्याटमार्फत डिजिटल माध्यमबाट पैसा पठाउन लगाउने मोरङको पथरी शनिश्चरे नगरपालिका १० मंगलबारेका २० वर्षका किरण पाठकलाई बुधबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पाठकले झन्डै २० जनाबाट रकम असुली गरेको पाइएको छ । उनले ठगी गरेकाहरू अझै पनि सम्पर्कमा आइरहेकाले पीडितको सङ्ख्या बढ्न सक्ने प्रहरीको भनाई छ ।

पक्राउ परेका पाठकलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।