६ पुष २०८२, आईतवार
,
Latest
‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.६० अङ्कले बढेर तीन हजार ९४.०५ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४० विन्दुले बढेर ५७१.३९ मा पुगेको छ । नेप्सेले उचाइ प्राप्त गरे पनि कारोबार रकम भने उल्लेख्य वृद्धि भएन । कूल २३२ कम्पनीको दुई करोड १६ लाख ९० हजार ५८५ कित्ता शेयर रु १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७९२ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार साताको अन्तिम दिनको कारोबारका आधारमा रु ४३ खर्ब २३ अर्ब ती लाख २७ हजार ६२२ बराबरको बजार पूँजीकरण पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल तथा पर्यटन ११.५१, विकास बैंक २४१.६५, जलविद्युत् १६९.३७, वित्त १२०.२२ र लघुवित्त ३७.५७ विन्दुले उकालो लाग्यो । यस्तै बैंकिङ ७.५९, व्यापार ११.३९, निर्जीवन बीमा ५२.७४, उत्पादन २७.२९, अन्य ६, जीवन बीमा १५४.६४, सामूहिक लगानी कोष ०.०५ र लगानी ०.०९ विन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ९३ करोड ८४ लाख ४० हजार ९०० बराबरको कारोबार भयो । यस्तै अरुण काबेली पावर रु ४५ करोड ६ लाख ७१ हजार ८४७, रिडी हाइड्रोपावर रु ३४ करोड ५६ लाख ३० हजार ३५७, महालक्ष्मी विकास बैंक रु ३१ करोड ७५ लाख ९२ हजार ९४० र कामना सेवा विकास बैंक रु २९ करोड ९५ हजार ३३ हजार ८६४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नौ कम्पनीको शेयरमा सर्किट

दुई दिन ओरालो लागेको नेप्सेमा सुधार आउँदा आज विभिन्न नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक, शिवश्री इन्भेस्टमेन्ट फाइनान्स, गुह्यश्वरी मर्चेन्ट बैंक, अरुण भ्याली हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत् कम्पनी, घलेम्दी हाइड्रोपावर, जीवन विकास लघुवित्त लघुवित्त र खानीखोला हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

गुडविल फाइनान्सको ऋणपत्र ३.९५, सिटिजन म्युचुअल फण्ड ३.४४, लाइफ इन्स्योरेन्स कम्पनी ३.३३, शिवम् सिमेन्ट २.३० र गुर्खाज फाइनान्सका लगानीकर्ताले २.२२ प्रतिशतले गुमाए ।