१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २.८६ अंकले वृद्धि



symbolic picture
अ+ अ-

काठमाडौँ । बुधवार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ ।

बुधबार नेप्से सूचक २.८६ विन्दुले बढेर २०५७.८४ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ ।

बुधवार कारोबारमा आएका २२३ कम्पनीको ३६ लाख ७९ हजार ७०५ कित्ता शेयर १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१७ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

बधवार कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको सूचक सकारात्मक देखिएका छन् । जसमा ६ उपसमूहको सूचक भने नकारात्मक देखिएका छन् ।

बुधवार सामान्य अंकले नेप्से बढेसँगै मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरको ९.९९ प्रतिशत, रुरु जलविद्युतको ५.८६ प्रतिशत, अरुण कावेली हाइड्रोपावरको ५.२५ प्रतिशतले बढेको छ । यता गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै २.३६ प्रतिशतले घटेको छ ।

आजन अरुण काबेली हाइड्रोपावरको सबैभन्दा धेरै १६ करोड ९२ लाख रुपैयाँका शेयर कारोबार भएको छ ।