• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा

पल प्रकरणः आजको पेशी स्थगित



काठमाडौं । नाबालिग बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अनभिनेता पल शाहको आजको लागि तोकिएको पेशी स्थगित भएको छ ।

नवलपुर जिल्ला अदालतमा न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा पेशी तोकिएपनि स्थगितको निवेदन परेको थियो ।

न्यायाधिश लुँइटेलको इजलासमा बुधबारका लागि तोकिएको पेशी सूचीको चौथो नम्बरमा शाहको मुद्दा थियो ।

नवलपुर जिल्ला अदालतमा आजका लागि र तनहुँ जिल्ला अदालतले भदौ १५ गतेका लागि जबर्जस्ती करणीविरुद्धको मुद्दाको पेशी तोकेको छ ।

पल यतिबेला बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा उनीविरुद्ध उजुरी परेको थियो ।