२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भवनको नक्सा पासको विवरण पठाउन काठमाडौँ जिल्ला अदालतलाई कामपाको पत्र



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडाै जिल्ला अदालतलाई अदालत भवनको नक्सा पास भएको विवरण पठाउन पत्र पठाएको छ । अदालतको भवनको नक्सा पास भएको विवरण नभेटिएको भन्दै महानगरपालिकाले प्रमाण पठाउन निर्देशन दिएको हो ।

महानगरपालिकाको भवन निर्माण विभागका अनुसार काठमाडौँ जिल्ला अदालतको भवनको नक्सा पास भएको अभिलेख भेटिएको छैन । त्यसैले नक्सा पासको विवरण पठाउन अदालतलाई पत्र लेखिएको हो । महानगरले नक्सा पास नभएको पाई कानूनीरुपमा अगाडि बढ्ने जनाएको छ ।

यसअघि महानगर प्रमुख बालेन्द्र साहले बुधाबार नै नक्सा पास नगराई अनधिकृतरुपमा बनाइएको काठमाडौँ जिल्ला अदालतको संरचनासमेत हटाइने बताउनुभएको थियो । उहाँले अवैध संरचना जसले बनाएको भए पनि त्यसलाई कानूनको दायरामा ल्याइने बताउनुभएको थियो ।

बबरमहलमा बनाइएको काठमाडौँ जिल्ला अदालतको अन्डरग्राउन्ड पार्किङलाई अहिलेसम्म प्रयोगमा नल्याउँदा सडकको फुटपाथमै सेवाग्राहीले सवारी साधन पार्किङ गर्नुपरिरहेको छ ।