३० भाद्र २०८३, मंगलवार
,
Latest
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण मेलाबाट उठेको रकम पर्यटनमा लगानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिजन सुरु भइसकेपछि पनि किन बार्सिलोना र म्यानचेस्टर सिटीबीच मैत्रीपूर्ण खेल हुँदैछ ?



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर सिटीले आज मैत्रीपूर्ण खेल खेल्दैछन् ।

बार्सिलोनाले खेल्ने शीर्ष लिग ला लिगामा दुई चरणका र सिटीले खेल्ने शीर्ष लिग इंग्लिस प्रिमियर लिगमा तेस्रो चरणका खेलहरु भइसकेका छन् ।

यस्तो अवस्थामा यी दुई क्लब आज बुधबार मध्यरात १ः१५ बजे बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा आमनेसामने हुन लागेका हुन् ।

यसका लागि सिटीको टोली बार्सिलोना पुगेर दुई दिन प्रशिक्षण गरिसकेको छ । यस खेलका लागि सिनियर टोलीकै खेलाडी उतार्ने सिटीका प्रशिक्षक पेप गर्डिवालाको तयारी छ ।

यता बार्सिलोनाले पनि सिनियर टोलीका खेलाडी नै उतार्नेछ । मैत्रीपूर्ण खेल भएकाले टोलीले चाहेजति खेलाडी परिवर्तन गर्न पाउँछन् ।

नशासम्बन्धि घातक रोग एम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस (एएलएस)बारे सचेतना जगाउन खेल आयोजना गरिएको हो । यस खेलबाट संकलित रकम लुजोन फाउन्डेसनलाई प्रदान गरिनेछ ।

यस्तै, पूर्व स्पेनिस तथा बार्सिलोना गोलरक्षक जोआन कार्लोस उन्जुएका लागि सहयोग रकम संकलन गरिने पनि बताइएको छ । उन्जुएलाई सन् २०२० मा एएलएस देखिएको थियो ।