• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

महानगरले चलायो काठमाडौँ मलको अनधिकृत संरचनामा डोजर – फोटो फिचर



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । बुधबार बिहान महानगर प्रमुख बालेन्द्र साहको उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयकी प्रमुख मीरा चौधरीसहितको टोली पनि कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौँ मलमा पुगेको थियो ।

कर्मचारी सञ्चयकोषको भवन भाडामा लिएकाहरुले अनधिकृतरुपमा नक्सा विपरित संरचना बनाएर प्रयोग गरिरहेको बताइएको छ । त्यस्तो संरचनाको प्रयोगले भूमिगत पार्किङमा समस्या आएको थियो ।

फोटो – न्हुन्छेमान डंगोल