१३ भाद्र २०८३, शनिबार
,
Latest
भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय परिचयपत्रका लागि वडाबाट विवरण सङ्कलन हुँदै



अ+ अ-

नेपालगञ्ज । बाँकेमा आगामी असोज पहिलो सातादेखि वडाबाट राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन गरिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नेपालगञ्जमा आयोजना गरेको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियानसम्बन्धी समन्वय बैठकमा विभागका महानिर्देशक तीर्थराज भट्टराईले एउटा वडामा दुई स्टेशन राखेर विवरण सङ्कलन हुने जानकारी दिनुभयो ।

उहाँले अहिले ३८ जिल्लामा विवरण लिने काम सकिएको र १२ जिल्लामा जारी रहेको बताउनुभयो । विभागले चालु आर्थिक वर्षमा ७० लाख मानिसको विवरण लिने र २० लाखलाई परिचयपत्र दिने रणनीति बनाएको छ । सोह« वर्ष पुगेका नेपाली नागरिकलाई नागरिकता बनिसकेपछि राष्ट्रिय परिचयपत्र बनाउने गरिन्छ । राष्ट्रिय परिचयपत्र बनाउँदा भरिने विवरणले गर्दा नक्कल नहुने विश्वास गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा भएको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलगायत सहभागी हुनुहुन्थ्यो ।