११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

लुम्बिनीमा चुनावी गतिविधि सुरु, दलहरु भेला र प्रशिक्षणमा व्यस्त

लुम्बिनीमा चुनावी गतिविधि सुरु, दलहरु भेला र प्रशिक्षणमा व्यस्त
file
अ अ+ अ-

रुपन्देही । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर लुम्बिनी प्रदेशका दलहरुले तयारी थालेका छन् । सरकारले आगामी मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेपछि प्रदेशमा पनि राजनीतिक दलहरु छलफल, भेला र प्रशिक्षणमा व्यस्त भएका छन् ।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र मधेसवादी दलहरु अहिले आन्तरिक तयारीमा लागेका हुन् । राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलका साथै साना एवं स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका नेताले पनि निर्वाचन क्षेत्रमा चुनावी गतिविधि सुरु गरेका छन् । चोक–चोकमा निर्वाचनसम्बन्धी चर्चा सुरु भएको छ ।

पाँच दलीय गठबन्धनमा रहेका दलहरु प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि गठबन्धन गरेर निर्वाचनमा जाने तयारीमा छन् भने गठबन्धन दलविरुद्ध एमाले एक्लै चुनावी मैदानमा जाने तयारीमा छ । लुम्बिनी प्रदेशमा गठबन्धनलाई अझै मजबुद बनाएर जाने तयारी भएको नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुन बताउनुहुन्छ ।

आगामी निर्वाचनमा गठबन्धन दलका तर्फबाट साझा उम्मेदवार बनाएर निर्वाचनमा जाने उहाँको भनाइ छ । “हामीले बैठकबाटै आसन्न चुनावमा गठबन्धन गरेर जाने र साझा उम्मेदवार बनाउने निर्णय गरेका छौँ । त्यसका लागि आ–आफ्नो पार्टीका तर्फबाट विस्तृत प्रतिवेदन तयार गरी छलफल गर्ने भनेका छौँ”, उहाँले भन्नुभयो ।

निर्वाचनको तयारीका लागि स्थानीय तह निर्वाचनका सन्दर्भमा निर्माण गरिएका प्रदेश र जिल्ला तहका संयुक्त संयन्त्र पुनः क्रियाशील बनाएर बैठक भेला आयोजना गर्ने गठबन्धन दलको तयारी छ । निर्वाचनको मिति तय भएसँगै नेकपा (एमाले) पनि तयारीमा जुटेको छ । एमाले पराजयबाट पाठ सिक्दै आगामी चुनावमा सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारलाई विजयी बनाउने रणनीति बनाउँदै छ ।

प्रशिक्षणका साथै भेला र बैठक आयोजना गरिएको एमालेका लुम्बिनी प्रदेश समिति उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ बताउनुहुन्छ । एमालेले पहिलो चरणमा प्रदेश र जिल्लास्तरका प्रशिक्षण कार्यक्रम गरेको छ । निर्वाचनमा पार्टीका एजेन्डा जनतामाझ कसरी लैजाने भन्ने विषयमा नेता तथा सङ्गठनका प्रमुखलाई प्रशिक्षण दिइएको श्रेष्ठले बताउनुभयो । एमालले जनताका गुनासा र सुझाव लिने काम गरिरहेको छ ।

गत साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गरेको थियो । प्रतिनिधिसभाअन्तर्गत एक सय ६५ र प्रदेशसभाअन्तर्गत तीन सय ३० निर्वाचन क्षेत्रमा निर्वाचन हुने भएको छ । लुम्बिनी प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्धारित २६ निर्वाचन क्षेत्र तथा प्रदेशसभातर्फ ५२ निर्वाचन क्षेत्र छन् ।