२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः म्यान्चेस्टर युनाइटेडद्वारा लिभरपुल पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले पहिलो जित निकालेको छ । सोमबार मध्यरातमा सम्पन्न खेलमा युनाइटेडले लिभरपुललाई २–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदान वल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन जाडोन सान्चो र मार्कुस रासफोर्डले गोल गरे भने मोहमद सलाहले गरेको गोल लिभरपुलका लागि सान्त्वना गोल सावित भयो ।

खेलको १६ औं मिनेटमा सान्चोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको पहिलो हाफ युनाइटेडले १–० अग्रता बनाउँदै सकियो । दोस्रो हाफको ५३ औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।

खेलको ८१ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । त्यसपछि खेलमा थप गोल हुन सकेन र नतिजा युनाइटेडको पक्षमा गयो ।

जितसँगै ३ खेलबाट ३ अंक जोडेको युनाइटेड तालिकाको १४ औं स्थानमा रहेको छ भने लिभरपुल २ अंकसहित १६ औं स्थानमा छ ।

 




भर्खरै