• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   अवैध बाटोबाट अमेरिका पठाइदिने भन्दै ५ करोड ५० लाख ठगी गर्ने गिरोह पक्राउ ★   साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण: प्रधानमन्त्री ★   कांग्रेस प्रधानमन्त्री भइदेउ भनेर जहाँ पनि पुग्छ – ओली ★   ‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण ★   जस्टिन बिबर पहिलो पटक बुवा बन्दै ★   नेपाली सेनाद्वारा अछाममा मलामी विश्राम घर निर्माण ★   के सुनिल नारायणले रक्सी पिएर विस्फोटक ब्याटिङ गर्छन् ? ★   संसदीय छानबिन समिति बटमलाइन: कांग्रेस ★   जनसत्ताले रजिस्ट्रेसन गरेका घरजग्गाको समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ: प्रधानमन्त्री ★   टी–२० विश्वकपको टोलीमा नपरेपछि न्युजिल्याण्डका शक्तिशाली ब्याट्सम्यानले लिए सन्यास

‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बजेट विनियोजन’



दाङ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चारसय श्यया बनाउन बजेट विनियोजन भएको र अर्थ मन्त्रालयबाट पत्र आइसकेको बताउनुभएको छ । रिपोर्टस् क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमामा उहाँले उपत्यकाभन्दा बाहिर सात वटा विशिष्टीकृत अस्पताल बनाउने योजनाअनुसार प्रतिष्ठानलाई पनि त्यसमा जोड्न सफल भएको बताउनुभयो ।

निकट भविष्यमा प्रतिष्ठानलाई छसय श्ययाको बनाउने गरी योजना अघि बढेको उहाँको भनाइ छ । दाङमा १८ वटा डायलासिस मेसिन ल्याउन सकिएको भन्दै यसको तत्काल जडानको प्रक्रिया अगाडि बढाउने उहाँको भनाइ छ । राज्यमन्त्री केसीले टरिगाउँ विमानस्थलको विकल्प खोज्ने विषय तत्काल आवश्यक नभएको बताउनुभयो ।

“अहिले विकल्प कहाँ खोज्ने”, उहाँले भन्नुभयो, “बरु भएकैलाई स्तरवृद्धि गरौँ, यसमा म प्रतिबद्ध छु ।” यो विमानस्थलमा ७२ सिटे वा ४२ सिटे जहाज अवतरण गराउन सकिएमा ठूलो राहत हुने उहाँको भनाइ छ ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहनुभएका राज्यमन्त्री केसीले दाङ क्षेत्र नं ३ मा उम्मेदवारका लागि आफ्नो दाबी रहनेसमेत बताउनुभयो । यसअघि आफू यही क्षेत्रबाट निर्वाचित भएकाले अहिले पनि स्वभाविकरुपमा दाबी रहने उहाँको भनाइ छ ।