४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

नेप्से परिसूचकमा गिरावट जारी

नेप्से परिसूचकमा गिरावट जारी
अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ४१ अङ्कले ओरालो लागेर दुई हजार ५३ दशमलव १३ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४७ अङ्कले ओरालो लागेर तीन सय ९७ दशमलब ११ मा सीमित भएको छ । कूल दुई सय २२ कम्पनीको ५२ लाख ३० हजार सात सय ६३ कित्ता शेयर रु एक अर्ब ७२ करोड ६२ लाख ८७ हजार चार सय ३० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै झिनो अङ्कले उकालो लागेको छ । बैंकिङ एक दशमलव ४८, व्यापार शून्य दशमलव ९४, होटल तथा पर्यटन २९ दशमलव ५३, विकास बैंक २४ दशमलव शून्य पाँच, जलविद्युत् १६ दशमलव ८४, वित्त आठ दशमलव ५९, निर्जीवन बीमा ४७ दशमलव ३३, उत्पादन ३२ दशमलव २३, अन्य १० दशमलव १६, लघुवित्त १५ दशमलव ३३, जीवन बीमा दुई दशमलव ९५, लगानी शून्य दशमलव २९ अङ्कले ओरालो लागेको छ ।

यस्तै सामूहिक लगानी कोष शून्य दशमलव शून्य तीन अङ्कले उकालो लागेको छ । सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ४१ अर्ब ९७ करोड ४३ लाख ३५ हजार चार सय आठ बराबर कायम भएको छ ।

नेप्सेका अनुसार हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु २८ करोड १८ लाख ७१ हजार तीन सय २६ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै रिडी हाइड्रोपावर कम्पनी रु आठ करोड ५० लाख ३५ हजार छ सय ९६, प्राइम बैंक रु आठ करोड ४० लाख नौ सय आठ, शिवम् सिमेन्ट रु पाँच करोड ५३ लाख २२ हजार सात सय ९५ र अपि पावर कम्पनी रु पाँच करोड ५२ लाख सात हजार तीन सय ३५ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार अप्पर हेवा खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । मन्दाकिनी हाइड्रोपावर नौ दशमलव ९७, सिटिजन म्युचुअल फण्ड एक सात दशमलब २२, सामलिङ पावर कम्पनी पाँच दशमलव ६६ र हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले चार दशमलव शून्य तीन प्रतिशतले कमाएका छन् ।

त्यस्तै एनआइविएल समृद्धि फण्ड दोस्रो छ दशमलव ७५, दोर्दी खोला जलविद्युत् कम्पनी पाँच दशमलव २४, श्वेत गङ्गा हाइड्रोपावर चार दशमलव १५, तारागाउँ रिजेन्सी होटल तीन दशमलव ८९ र सबैको लघुवित्तका लगानीकर्ताले दुई दशमलव ९४ प्रतिशतले गुमाएका छन् ।