२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएसएआईडीद्वारा नेपाललाई एक करोड ५० लाख डलर सहयोग



अ+ अ-

काठमाडौँ । विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी सरकारले हालसालै घोषणा गरेको दुई अर्ब ७६ करोड डलर अनुदानको एक हिस्साको रूपमा संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले रुसको युक्रेनमाथि अप्रत्याशित युद्धबाट बढ्दो विश्वव्यापी संकटबाट जोखिममा परेका जनसङ्ख्यालाई जोगाउन नेपाललाई एक करोड ५० लाख डलर उपलब्ध गराउने भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जर्मनीमा भएको जी–७ नेताहरूको शिखर सम्मेलनमा यी अतिरिक्त अमेरिकी सरकारको खाद्य सुरक्षा स्रोतहरू प्रतिज्ञा गर्नुभएको थियो । जसले जी–७ नेताहरूले शिखर सम्मेलनमा विश्वव्यापी खाद्य सुरक्षालाई सम्बोधन गर्न प्रतिबद्ध गरेको आधाभन्दा बढी स्रोतहरू प्रतिनिधित्व गर्दछ।

नेपालमा पूरक कोषले बढ्दो मूल्य र खाद्यान्न अभावबाट प्रभावित मानिसहरूलाई पर्याप्त खाने कुरा सुनिश्चित गर्न मद्दत गर्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ।

स्थानीयरूपमा थप खाना उत्पादन गर्न साना फार्महरूलाई समर्थन गर्ने र खाद्य सहायताको खाँचोमा परेका परिवारहरूलाई मद्दत गर्ने समावेश छ।

युएसएआईडी नेपाल मिसनका कार्यबाहक निर्देशक बेथ होगनले भन्नुभयो, “धान, मकै र अन्य महत्त्वपूर्ण बालीहरूको उत्पादन आसन्न मलको अभावले सम्भावितरूपमा घट्दै गएकोले, यो सहयोगले नेपालको कृषि क्षेत्र र यसका किसानहरूमा व्यापक प्रभाव पार्नेछ।”

उहाँले भन्नुभयो, “यो थप कोषले मुख्यतया नेपाललाई उपभोग गर्न र बेच्नका लागि थप खाद्यान्न उत्पादन गर्न मद्दत गर्नेछ, जसले गर्दा घरायसी खाद्य सुरक्षा र आम्दानीमा वृद्धि हुनेछ। यी प्रभावहरू विशेषगरी सूचना, इनपुट, प्रविधि र सेवाहरूमा सीमित पहुँच भएका महिला, युवा र सीमान्तकृत समूहहरूका लागि उपयोगी हुनेछन्।”

युएसएआईडीले यी थप स्रोतहरू रणनीतिक रूपमा लगानी गर्न नेपाल सरकारसँग मिलेर काम गर्ने राजदूतावासले जनाएको छ । यसबाट खाद्य असुरक्षा विरुद्ध लड्न, गरिबी, भोकमरी र कुपोषणलाई दिगो रूपमा कम गर्ने लक्ष्य पूरा गर्न नेपालको चलिरहेको प्रयाससँग मेल खान्छ।

“यो नेपाल–अमेरिका साझेदारी र हाम्रो चलिरहेको स्वास्थ्य र खाद्य सुरक्षा सहायता कार्यक्रमहरूको ७५ वर्षको निरन्तरता हो”, राजदूतावासले भनेको छ ।

राजदूतावासका अनुसार संयुक्त राज्य अमेरिकाले फेब्रुअरी २४, २०२२ मा युक्रेन विरुद्ध रूसको अप्रत्याशित युद्ध सुरु भएदेखि विश्वव्यापी खाद्य सुरक्षा संकटको जवाफ दिन लगभग सात अर्ब ६० करोड डलर सहायता प्रदान गरेको छ।