२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक गुरुहरुको आशिर्वाद सहित निधिको चुनावी यात्रा सुरु



अ+ अ-

काठमाडौ ।  आसन्न १४ औ महाधिबेशनका  पार्टी सभापतिको उम्मेदवारीको घोषणा गर्नुभएका कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बिभिन्न मठ मन्दीरका पुजारी तथा धार्मिक गुरुलाई आर्शिबाद लिदै चुनावी अभियान सुरु गर्नुभएको छ ।  

बानेश्वर थापागाउँ स्थित सम्पर्क कार्यालयमा सुभारम गर्दे निधिले  पशुपतिनाथ,जानकीमन्दीर , दक्षिणकाली, बगलामुखी, डोलेश्वर लगायतका मठ मन्दीरमा पुजारी तथा गुरु संग आर्शिवाद लिदै अभियान सुरु गर्नुभएको हो ।  

नेपाली कांग्रेसको मंसिर ९ गते १३ सम्म काठमाडौंमा महाधिवेशन  गर्ने गरी कार्यतालिका सार्वजनिक भइसकेको छ ।उता  क्रियाशील सदस्यताको बिवरण सार्बजनिक गर्नु पर्ने  माग गर्दे केन्द्रीय कार्यलयका संस्थापन ईतर खेमाका जिल्ला सभापतिहरु रिले अनसन बसिरहेका छन् ।