२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नबिल जेन अल्फा’को ब्राण्ड एम्बासेडरमा समाजसेवी प्रेन्सा रेग्मी नियुक्त



अ+ अ-

काठमाडौँ । नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई नबिल जेन अल्फाको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । नबिल जेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित प्रोडक्ट हो ।

अभिभावकहरूले यस एप मार्फत् आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन् । बालबालिकाहरुले पनि दिइएको कार्य सम्पादन पछि अंक कमाउन सक्छन् र त्यहि अंक लिंक गरिएकोे खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ । यो प्रोडक्ट मार्फत् बालबालिकाहरुलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ ।

बैंकले रेग्मीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गर्न पाउँदा खुसी व्यक्त गरेको छ । रेग्मीले महामारीको समयमा सर्जिकल मास्क वितरण गरेर आठ वर्षको उमेरमा सामाजिक कार्यको थालनी गरेकी थिइन् । पोखराको बिरौटाका स्थायी बासिन्दा ९ वर्षीया रेग्मीले भर्खरै दुबईमा Global Child Prodigy Awards जितेकी छन् ।

“नबिल जेन अल्फा, बालबालिकालाई मार्गदर्शन गर्न, उत्प्रेरित र प्रोत्साहित गर्न ल्याइएको एपमा आधारित नेपालकै पहिलो डिजिटल प्रोडक्ट हो,” नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिए । “प्रेन्सा एक समाजसेवी तथा हाम्रो लक्षित समूहलाई प्रतिनीधित्व गर्ने प्रेरणादायी पात्र भएकोले हामीले उहाँलाई यो प्रोडक्टको लागि सही फिट पाएका छौं,” उनले थपे ।

यो प्रोडक्ट प्राविधिक ज्ञान भएका नयाँ पुस्ताका बालबालिकालाई लक्षित गरी ल्याएको बताउँदै ढुङ्गानाले भने, “हामीले एउटा एप विकास गरेका छौं, जहाँ बालबालिकाले आफ्ना अभिभावकले तोकेको काममा अंक कमाउन सक्छन् । यसरी बच्चाहरूले घरको काम र जीवन सीपहरू सिक्दै आफ्नो लिङ्क गरिएको खातामा पैसा कमाउन सक्छन् ।”

उनले यस एपले सानै उमेरबाट बालबालिकाहरुमा वित्तीय साक्षरता बढाउने, बचतको महत्व र बजेटको बारेमा सिक्न र बुद्धिमतापूर्वक खर्च गरेर चाहना र आवश्यकताबीचको भिन्नता बुझ्न मद्दत गर्ने बताए । बैंकले सेप्टेम्बरबाट उत्पादन सार्वजनिक गर्ने योजना बनाएको छ ।