२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं तेक्वान्दोको आर्थिक सहयोग



अ+ अ-

काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघले तेक्वान्दो खेलाडी दीपिका कार्कीको स्वास्थ्य उपचारका लागि शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ ।
निमोनिया भएपछि १३ वर्षीया दीपिकालाई उपचारका लागि महाराजगन्जस्थित कान्ति अस्पतालमा साताअघि भर्ना गरिएको थियो ।

दीपिकाको परिवारको आर्थिक अवस्था कम्जोर भएकाले काठमाडौं जिल्लाले उनको स्वास्थ्य उपचारका लागि सहयोग जुटाउन पहल गरेको अध्यक्ष अशोक खड्काले जानकारी गराए । अध्यक्ष खड्काले ७७ हजार २ सय १० रुपैयाँ रकम संकलन भएको जानकारी दिए ।

उक्त रकम काठमाडौं जिल्ला तेक्वान्दोका सचिव गणेश तामाङ र तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक मिन न्यौपानेको उपस्थितिमा अध्यक्ष खड्काले दीपिकाकी आमा लक्ष्मीलाई कान्ति अस्पतालमै हस्तान्तरण गरे । रकम हस्तान्तरण गरेको केहि समयपछि दीपिकाको निधन भएको अध्यक्ष खड्काले जनाएका छन् ।