३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बानेश्वरमा नगर प्रहरीले भत्कायो कम्प्लेक्सको संरचना



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले नयाँ बानेश्वर चोकको बानेश्वर कम्प्लेक्सको संरचना भत्काएको छ । बानेश्वर कम्प्लेक्सको अन्डर ग्राउन्ड पार्किङ खुलाउन नगर प्रहरीले संरचना भत्काएको हो ।

अन्डरग्राउन्ड पार्किङलाई छोपेर पसल सञ्चालन भइरहेको सो व्यापारिक भवनमा पार्किङ खुलाउन महानगर प्रमुख बालेन्द्र साह आफैँ खटिएका थिए । नगर प्रहरीले मेसिन प्रयोग गरी संरचना भत्काएको हो ।

काठमाडौँ महानगरपालिकाले अन्डर ग्राउन्ड पार्किङलाई अन्य प्रयोजनामा नलगाउन आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको थियो । व्यापारीहरुलाई दिइएको सो म्याद आइतबार सकिएको हो ।

काठमाडौँमा धेरै व्यापारिक भवनहरुले अन्डरग्राउन्ड पार्किङ बनाए पनि तिनीहरुलाई पसलका रुपमा चलाउनाले मुख्य सहरी क्षेत्रमा फुटपाथमै पार्किङ भइराखेका छन् । नयाँ बानेश्वरमा मात्रै महानगरपालिकासँग अन्डरग्राउन्ड पार्किङको अनुमति मागेर २२ वटा व्यापारिक भवन बनेका छन् । तर प्राय सबैले अन्डर ग्राउन्ड पार्किङलाई पसल सञ्चालन गर्नका लागि भाडामा दिएको पाइएको नगर प्रहरीले जनाएको छ ।