१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बानेश्वरमा नगर प्रहरीले भत्कायो कम्प्लेक्सको संरचना



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले नयाँ बानेश्वर चोकको बानेश्वर कम्प्लेक्सको संरचना भत्काएको छ । बानेश्वर कम्प्लेक्सको अन्डर ग्राउन्ड पार्किङ खुलाउन नगर प्रहरीले संरचना भत्काएको हो ।

अन्डरग्राउन्ड पार्किङलाई छोपेर पसल सञ्चालन भइरहेको सो व्यापारिक भवनमा पार्किङ खुलाउन महानगर प्रमुख बालेन्द्र साह आफैँ खटिएका थिए । नगर प्रहरीले मेसिन प्रयोग गरी संरचना भत्काएको हो ।

काठमाडौँ महानगरपालिकाले अन्डर ग्राउन्ड पार्किङलाई अन्य प्रयोजनामा नलगाउन आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको थियो । व्यापारीहरुलाई दिइएको सो म्याद आइतबार सकिएको हो ।

काठमाडौँमा धेरै व्यापारिक भवनहरुले अन्डरग्राउन्ड पार्किङ बनाए पनि तिनीहरुलाई पसलका रुपमा चलाउनाले मुख्य सहरी क्षेत्रमा फुटपाथमै पार्किङ भइराखेका छन् । नयाँ बानेश्वरमा मात्रै महानगरपालिकासँग अन्डरग्राउन्ड पार्किङको अनुमति मागेर २२ वटा व्यापारिक भवन बनेका छन् । तर प्राय सबैले अन्डर ग्राउन्ड पार्किङलाई पसल सञ्चालन गर्नका लागि भाडामा दिएको पाइएको नगर प्रहरीले जनाएको छ ।