१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुकुरीले श्रीमानको घाँटी छिनाई खोलामा बगाउने श्रीमती र साली पक्राउ



अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बागलुङले २५ वर्षीय तुलबहादुर बिक ‘फर्से’ को हत्या अभियोगमा मृतककै पत्नी र सालीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २२ वर्षीया कुमारी कामी र १८ वर्षीया मनिषा बि.क. रहेका छन् । भाद्र १ गते ११ः१५ बजेको समयमा बागलुङ निसिखोला गाउँपालिका ४ कालीमाटीस्थित निसिखोलाको किनारमा वडा नं. ५ कामीडाँडा बस्ने २५ वर्षीय फर्से भन्ने तुल बहादुर बि.क.को घाटी काटिएको अवस्थामा टाउको नभएको लाश फेला परेको थियो ।

ज्यान सम्बन्धी कसुरको अनुसन्धानको क्रममा गत साउन २५ गते रातको समयमा मृतकलाई उनकै श्रीमती कुमारी कामीले दाउरा र घनले टाउकोमा प्रहार गरी बेहोस बनाइसकेपछि खुकुरीले टाउको छिनाई घर नजिकै रहेको निसीखोलामा लगि शवलाई खोलामा बगाईदिएको खुल्नमा आएको प्रहरीले जनाएको छ ।

उक्त घटनाको सूचना प्रहरीलाई जानकारी नगराउने कुमारी कामीकी बहिनी बर्ष १८ की मनिषा बिकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा कास्कीको निर्देशन र सहयोगमा उनीहरुलाई शनिबार नियन्त्रणमा लिई आइतबार जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।