११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी

इमरान खानविरुद्ध मुद्दा दायर, पक्राउको डरले लुके

इमरान खानविरुद्ध मुद्दा दायर, पक्राउको डरले लुके
अ अ+ अ-

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सेना प्रमुख जनरल कमर जावेद बाजवा विरुद्ध विद्रोही मुडमा आएका छन् । उनले श्रीलंका जस्तै पाकिस्तानमा पनि गृहयुद्ध सुरु गर्ने धम्की दिएका छन् ।

यसैबीच शाहबाज सरकारले इमरान खानविरुद्ध आतंकवाद विरोधी ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ । त्यसपछि इस्लामाबाद पुलिस उनलाई पक्राउ गर्न बानिगालास्थित इमरान खानको घर पुगेको समाचार छ ।

पाकिस्तानी मिडियाका अनुसार पीटीआई नेता खान पक्राउको डरले पञ्जाब प्रान्तमा लुकेका छन् । यसैबीच विज्ञहरूले शाहबाज सरकारले इमरान खानलाई जति कमजोर बनाउन चाहन्छ, उनी त्यति नै बलियो हुने चेतावनी दिएका छन् ।

दक्षिण एसियाली मामिलाका विशेषज्ञ माइकल कुगेलम्यानले ट्वीट गर्दै भनेका छन्, “पाकिस्तान सरकारले इमरान खानलाई कमजोर पार्न जति प्रयास गरिरहेको छ त्यसले खान त्यति नै बलियो हुनेछन्। शाहबाज सरकारको खराब र दमनकारी नीतिका कारण इमरान खानको लोकप्रियता अझै बढ्ने छ । खानले जनताको अगाडि शाहबाज सरकारको कदमलाई देखाउन सक्छन् ताकि यसको फाइदा लिन सकियोस्। उनको र्‍यालीमा आउने ठूलो भीड नक्कली होइन।”

पाकिस्तानी सेना प्रमुखमाथि कडा हमला

कुगेलम्यानले भने, “वर्तमान सरकार प्रतिपक्षमा हुँदा उनीहरूले पनि गलत नीति र दमनको सामना गर्नुपरेको थियो । तर विपक्षीसँग इमरान खानजस्तो आफ्नो फाइदाको लागि यसलाई छुटाउन सक्ने नेता थिएन। यसको विपरित शाहबाज सरकारलाई सेनाको समर्थन थियो, फलस्वरूप इमरान खानलाई सत्ताबाट हटाइयो, तर यो नयाँ पीडीएम सरकार पहिलेभन्दा धेरै अलोकप्रिय भयो।”

यसअघि आइतबार इमरान खानले पाकिस्तानी सेना प्रमुख जनरल बाजवामाथि कडा हमला गरेका थिए । इमरान खानले आफ्नो पार्टी पीटीआई विरुद्धको हिंसात्मक कारबाहीका लागि पाकिस्तानी सेना जिम्मेवार रहेको जानकारी पाएको बताएका थिए ।

उनले पाकिस्तानी सेनाले पुलिसलाई पीटीआई कार्यकर्ताहरू विरुद्ध कारबाही गर्न आदेश दिएको बताएका थिए । खानले पाकिस्तानी सेनालाई सत्तामा फर्कन सहयोग नगरे श्रीलंका जस्तो गृहयुद्ध हुन सक्ने चेतावनी दिएका छन् । श्रीलंकामा दुई करोड मात्रै सडकमा आए पनि पाकिस्तानमा २२ करोड मानिस रहेको उनले बताए । एजेन्सी