११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

गिरीलाई नजिकबाट नियाल्नुभएका प्रसाईं भन्नुहुन्छ- सादगी जीवनशैली, इमान्दारिता र निष्ठा गिरीबाट सिक्नुपर्छ

गिरीलाई नजिकबाट नियाल्नुभएका प्रसाईं भन्नुहुन्छ- सादगी जीवनशैली, इमान्दारिता र निष्ठा गिरीबाट सिक्नुपर्छ
अ अ+ अ-

काठमाडौँ । नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रुपमा आफ्नो विशिष्ट छवि बनाउनुभएका प्रदीप गिरी राष्ट्रियरुपमा मात्र नभई अन्तर्राष्ट्रियरुपमा पनि चर्चित हुनुहुन्छ । स्वास्थ्य समस्याका कारण लामो समय अस्पतालमा उपचाररत उहाँको हिजो निधन भएको छ । उहाँँको निधनको खबरले सबैलाई दुखित तुल्याएको छ । उहाँमा रहेको बौद्धिकता, स्पष्टता, सादगीपनको सर्वत्र चर्चा भएको छ । पछिल्लो समयमा गिरीलाई नजिकबाट नियाल्नुभएका अनुसन्धाता दिनेश प्रसाईंसँग गरिएको कुराकानीको सम्पादित अंश:

नेहरु विश्वविद्यालयले जुराएको भेटघाट

प्रदीप जीसँग मेरो विशेष भेटघाट २०६० सालदेखि भएको हो । तत्कालीन राजा ज्ञानेन्द्रको माघ १९ को दोस्रो कदमपछि उहाँसँग मेरो नयाँ दिल्लीमा भेट भयो । नयाँदिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा अनुसन्धानका सिलसिलामा भएको भेटघाट मेरा लागि निकै स्मरणीय छ । २०६२/६३ को लोकतान्त्रिक आन्दोलनका समयतिर हामीले नयाँदिल्लीबाट लोकतन्त्र भन्ने पत्रिका निकाल्थ्यौँ । त्यसका लागि प्रदीपजीले प्रत्येक अङ्कका लागि १० हजार रुपैयाँ जुटाइदिनुहुन्थ्यो । उक्त पत्रिकाका लागि नेताहरूको लेख उपलब्ध गराउन उहाँले सहयोग गर्नुहुन्थ्यो । सो पत्रिकाको प्रधानसम्पादक शैलेश आचार्य हुनुहुन्थ्यो भने म कार्यकारी सम्पादक रहेको थिएँ । एक महिनादेखि दुई/तीन महिनाको अन्तरालमा निस्कने उक्त पत्रिका हामीले छ अङ्कसम्म प्रकाशन ग¥यौँ ।

नेपालमा लोकतन्त्रका लागि माओवादी र संसदीय दलहरू मिल्नुपर्छ भन्ने सन्देशलाई उक्त पत्रिकाले जोड दिने गरेको थियो । लोकतन्त्रका पक्षमा विभिन्न लेख, रचना पत्रिकामा छापिन्थे । तत्कालीन समसामयिक राजनीतिका सम्बन्धमा नरहरि आचार्य, प्रदीप ज्ञवाली, बाबुराम भट्टराईलगायत विभिन्न नेताका लेख उक्त पत्रिकाका माध्यमबाट प्रकाशन हुन्थे । उक्त पत्रिकाका सिलसिलामा उहाँसँग राम्रै छलफल तथा भेटघाट हुने गर्दथ्यो । नेपालमा लोकतन्त्रको स्थापनापछि पनि विद्यावारिधिका सिलसिलामा मैले त्यसपछिका चार वर्ष नयाँ दिल्लीमा नै बिताए । त्यसबीचमा पनि प्रदीप गिरी भारत आउँदाजाँदा बाक्लै भेटघाट हुने गरेको थियो ।

जवाहरलाल नेहरु विश्वविद्यालयमा रहँदा तत्कालीन समयमा नेपालबाटै विद्यावारिधिका लागि गएका २०/२५ जना साथी मिलेर हामीले ‘टक सिरिज’ पनि चलाउथ्यौँ । उक्त टक सिरिजमा साहित्य, सङ्गीत, दर्शन, राजनीतिका विषयमा चर्चा परिचर्चा गरिन्थ्यो । उक्त सिरिजमा भारतका ठूलाठूला विद्धान पनि सहभागी बन्ने गर्दथे । भारतका ठूलाठूला विद्वानहरूसमेत सहभागी हुने ती सिरिजमा प्रदीप गिरीको उपस्थिति हाम्रा लागि गर्व महशुस गराउथ्यो । भारतीय विद्धान पनि उहाँलाई निकै आदर सम्मान गर्दथे । उहाँको बौद्धिकता नेपालको मात्र नभई भारत र समग्र दक्षिण एशियाकै लागि गर्व गर्न लायकको थियो ।

चारै भाषामा राम्रो दख्खल

वौद्धिकताको हिसाबले मात्र नभई उहाँको विभिन्न भाषामा उत्तिकै दख्खलता थियो । गिरीको नेपाली, अङ्ग्रेजी, हिन्दी र संस्कृत चारवटै भाषामा राम्रो ज्ञान थियो । यी चारवटै भाषामा उत्तिकैरुपमा राम्रोसँग लोमो समयसम्म पनि बहस गर्नसक्ने उहाँको अचम्मको क्षमता थियो ।

अचम्मको सादगीपन

उच्चस्तरको बौद्धिक नेता भएर पनि गिरीमा अचम्मको सादगीपन थियो । हामीहरू नयाँदिल्लीमा त्यस समयमा अटोमा हिँड्ने गर्दथ्यौँ । टाउकोमा फेटा बाँधेर हिँड्ने गिरीसँग म ठूलो हुँ भन्ने भावना कहिल्यै पनि देखिएन । दिल्लीमा त्यहाँको राजनीतिसँगै विश्व राजनीतमा प्रभाव पार्ने ठूलाठूला नेता तथा साहित्यकारसँग उहाँको बृहत् सम्बन्ध थियो । सोनिया गान्धी, करण सिंहजस्ता नेताहरूसँग उहाँको सिधै सम्पर्क थियो । नेपालबाट जाने नेताहरूले भारतीय नेतासँग भेट गराउन उहाँलाई भेट्न खोज्दथे । तर उहाँमा सकेसम्म यहाँबाट गएका नेतासँग नभेट्ने अचम्मको बानी थियो ।

अध्यात्ममा अत्यधिक रुचि रहेका कारण पनि उहाँ समयसमयमा भारतका विभिन्न स्थानमा रहेका सन्यासीको अखडामा गएर समय बिताउनुहुन्थ्यो । सामान्य किसिमको खानपिन रुचाउनु हुने गिरीले प्रायःसादा खाना, दही, दुई/तीन वटा रोटी र समयानुसारको तरकारी खानुहुन्थ्यो । मैले उहाँले धूमपान गरेको देखिन । विसं २०६०/६१ देखि नै उहाँले खानेकुरामा पथपरेजमा बस्ने गर्नुभएको थियो । अध्ययन सकेर नेपाल फर्केपछि व्यवसायका सिलिसिलामा मैले पोखरामा सञ्चालन गरेको जलमहल होटेल उहाँको अधिकांशः यहाँ आउँदा बस्ने स्थान हो । जलमहलमा कोठा अपुगै भएका अवस्थामा बाहेक उहाँ यहीँ नै बस्ने भएकाले उहाँसँग दिल्लीपश्चात् पनि निरन्तर छलफल एवं अन्तक्र्रिया हुने गरेको थियो ।

अरुलाई अध्ययनमा प्रेरित गरिरहने

प्रदीप गिरी आफू मात्रै अध्ययन गर्ने होइन, अरुलाई पनि अध्ययनमा प्रेरित गरिरहनुहुन्थ्यो । भेट भएका युवालाई पञ्चतन्त्र, महाभारत जस्ता ग्रन्थ पढ्नका लागि उहाँले अभिप्रेरित गर्नुहुन्थ्यो । आफू पनि निरन्तर पढिरहने उहाँ एकै दिनमा तीन÷चारवटा पुस्तक पढ्ने गर्नुहुन्थ्यो । नयाँदिल्लीको दारियागञ्जमा प्रत्येक आइतबार पुराना पुस्तकको बिक्रीवितरण हुने गरी हाट लाग्ने गर्दछ । त्यहाँ गएर गिरीले प्रत्येक पटक २०-३० वटा पुस्तकसम्म किन्ने गर्नुहुनथ्यो ।

त्यस्तै जवाहरलाल नेहरु विश्वविद्यालय नजिकै वसन्त विहारमा पनि विभिन्न विषयका पुस्तकहरू किन्नका लागि उहाँ जाने गर्नुहुनथ्यो । त्यहाँ विशेषतः सामाजिक अध्ययन विषयका पुस्तकहरू पाइन्थ्यो । नयाँदिल्लीकै बौद्धिक व्यक्ति पुग्ने खान मार्केटमा पनि उहाँ समयसमयमा पुगेर किताब किन्ने गर्नुहुन्थ्यो । मेरा अनुभवमा उहाँले किताब नकिनेको कुनै हप्ता नै हुँदैनथ्यो । पोखरामा दुई पटकसम्मका साहित्य मेलामा उहाँले गर्नुभएको दन्त्य कथा र महाभारतका पात्र विषयक परिचर्चा अहिले पनि उत्तिकै चर्चामा छ ।

कार्यक्रममा बोलाउन ४ बजेपछिको समय उपयुक्त

नयाँ दिल्लीमा टक सिरज तथा अन्य वैचारिक कार्यक्रममा गिरीलाई सहभागी बनाउनका लागि हामीले धेरैजसो अपराह्न ४ बजेपछिको समय राख्ने गर्दथ्यौँ । अत्यधिक पढिरहने गिरी राति अबेरसम्म पनि पढ्ने भएकाले भोलिपल्ट अपराह्न १२ देखि १ बजेसम्म उहाँलाई सुत्नुपथ्र्यो । उहाँको उपस्थितिले कार्यक्रमको गरिमा नै उँचा हुने भएकाले उहाँको समयलाई बाधा नपार्ने किसिमले हामीले त्यही किसिमबाट कार्यक्रम तय गर्ने गर्दथ्यौँ ।

भारतीय नेताहरूसँग राम्रो सम्बन्ध

गिरीको भारतीय नेताहरूसँग अचम्मको नजिकको सम्बन्ध थियो । उहाँ र करण सिंहलगायतका नेतासँगको केही भेटघाटमा मैलेसँगै जाने अवसर पाएको छु । करण सिंहले उहाँलाई अत्यन्त आदर गर्नुहुन्थ्यो । जुन मैले प्रत्यक्ष देखेको छु । भारतीय नेताहरू नितिश कुमार, लालुप्रसाद यादव, बिपी त्रिपाठीलगायतका नेतालाई उहाँले प्रशिक्षण दिनुभएको छ ।

भारतीय राजनीतमा राम्रो प्रभाव राख्ने अधिकांश नेताहरूसँग उहाँको अचम्मको सुमधुर सम्बन्ध थियो । भारतमा इन्दिरा गान्धीको सङ्कटकालको समयपछि उहाँले भारतमै रहेर ‘सोसिइलिष्ट मुभमेन्ट’को नेतृत्व पनि गर्नुभएको थियो । विशेषगरी गान्धीवादी विचारक गिरीको भारतका नेताहरू जयप्रकाश नारायण, राममनोहर लोहियाहरूसँग नजिकको सम्बन्ध रहेको थियो । उहाँको सोनिया गान्धी, इन्दिरा गान्धी, राजीव गान्धीलगायतका नेतासँग पनि राम्रै सम्बन्ध थियो ।

तेस्रो प्राथमिकतामा राजनीति

त्यत्रो बौद्धिक र प्रभावशाली नेता भएर पनि उहाँको राजनीति भने तेस्रो प्राथमिकतामा थियो । उहाँको पहिलो प्राथमिकता साहित्य हो भने दोस्रो प्राथमिकता अध्यात्म हो । उहाँलाई राजनीतिलाई किन प्राथमिकतामा राख्नुहुन्न भन्ने जिज्ञाशामा म राजनीतिबाट ‘डिष्ट्रव’ हुन चाहन्न भन्नुहुन्थ्यो । उदार स्वभावका उहाँ सबै राजनीतिक दललाई उत्तिकै सहयोग गर्नुहुन्थ्यो । उहाँ सबैको मान्छे हो । आफ्नै पार्टीको पनि उहाँले स्पष्टरुपमा आलोचना गर्नुहुन्थ्यो ।

गिरीबाट सिक्नुपर्ने पाठ

सादगीपनसँगै गिरीको इमान्दारिता, निष्ठा, अध्ययनशीलता वर्तमानमा जो कोही नेतृत्वले सिक्नुपर्दछ । गाउँगाउँमा कुटिर उद्योगमार्फत रोजगारी सिर्जना गर्नुपर्छ भन्ने विचार राख्ने गिरीले सधैँ गाउँ केन्द्रित राजनीतिका पक्षमा आवाज उठाउनुभयो । समाजका सबै वर्ग र समुदायको समुत्थान हुनुपर्छ भन्दै उहाँले ‘कदमजम’ को नारालाई अघि सार्नुभएको थियो । राष्ट्रमा सबैको पहुँच स्थापना हुनुपर्ने भन्दै उहाँले कर्णालीको समस्या, दलित, महिला, जनजाति र मधेसीलाई समेट्दै अघि बढ्नुपर्ने विषयलाई जीवनपर्यन्त उठाइरहनुभयो ।