१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदीप गिरी निधन : प्रचण्डद्वारा श्रद्धाञ्जली व्यक्त



अ+ अ-

नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरीको पार्थिव शरीरमा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गिरीको पार्थिव शरीरलाई अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जली व्यक्त गर्नका लागि राखिएको छ । अध्यक्ष प्रचण्डले सानेपामा पुगेर गिरीको पार्थिव शरीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

 

श्रद्धाञ्जलीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले समाजवादी चिन्तक गिरीले समाज रुपान्तरणका लागि ठूलो योगदान पु-याउनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “बौद्धिक व्यक्तित्वका रुपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत हुनुहुन्थ्यो ।”

देशलाई रुपान्तरणकारी ढङ्गबाट अघि बढाउन स्पष्ट दृष्टिकोण दिनुहुने सांसद गिरीको निधनले असल राजनीतिज्ञको अभाव खड्किएको उहाँको भनाइ थियो । “गिरीको योगदानबाट प्रेरणा र शिक्षा लिनुपर्छ । राजनीतिलाई उहाँले सदैव समाजसेवामा मात्र प्रयोग गर्नुभएको थियो”, अध्यक्ष दाहालले भन्नुभयो ।

उहाँको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि हुने कार्यक्रम छ ।

नेता गिरीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३० बजे निधन भएको थियो । क्यान्सरको उपचार गराएर मुम्बईबाट फर्कनुभएका गिरीलाई निमोनिया देखिएपछि मेडिसिटीमा उपचार भइरहेको थियो ।