२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीर्घकालिन योजना बनाएर कोसी समस्या समाधान गर्छु: मन्त्री कार्की



file
अ+ अ-

इनरुवा । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दीर्घकालिन योजना बनाएर कोसी समस्या समाधान गर्ने बताउनुभएको छ । सुनसरीको बराहक्षेत्र ६ र ९ स्थित श्रीलङ्का टापुमा रहेको कोसी पीडितको अवस्था निरीक्षण गर्न आउनुभएका उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री कार्कीले कोसी कटानबाट क्षति भएकोे क्षेत्रलाई सरकारले सङ्कटग्रत क्षेत्र घोषणा गरेर स्थायीवासीको समस्या समधानका लागि योजना बनाउन लागिपरेको बताउनुभयो । सप्तकोसी नदीबाट बर्सेनि स्थानीयवासीले विभिन्न किसिमको समस्या भोग्दै आएकाले त्यसलाई अव दीर्घकालिनरुपमा समधान गर्न सरकारले योजना बनाएर अघि बढने उहाँले जानकारी गराउनुभयो ।

बर्सेनि वर्षाको समयमा सप्तकोसी नदीले वितण्डा मच्चाउनाका साथै कटानसमेत गर्ने गरेको र त्यसबाट सयौँको सङ्ख्याका स्थानीयवासी पीडित हुँदै आएकाले तत्कालीन र दीर्घकालिनरुपमा योजना बनाएर समधान गर्न वर्तमान सरकार लागिपरेको मन्त्री कार्कीले उल्लेख गर्नुभयो ।