१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिरीप्रति पार्टी सभापतिद्वारा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त



अ+ अ-

काठामाडौँ । नेपाली कांग्रेसका सभापति एव प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य प्रदीप गिरीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि राखिएको छ ।

उहाँको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि हुनेछ ।

प्रतिनिधिसभा सदस्य समेत रहनुभएका गिरीको शनिबार राति ९ः३० बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो । क्यान्सरको उपचार गराइरहनुभएका गिरीलाई निमोनिया भएपछि सो अस्पतालमा भर्ना गरिएको थियो ।

तस्बिरः प्रदीपराज वन्त-रासस