१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती भोटेकोशीमा बाढीको जोखिम कायमै पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधवलाई रावलको जवाफ: सिद्धान्तहीन तालमेलले देशको हरिबिजोग टुलुटुलुहेर्नु बाहेक अरु के गर्नुभयो ?



अ+ अ-

काठमाडौ । नेकपा एमालेका नेता डा.भीम रावलले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधब नेपाललाई विदेशीको सैनिक अड्डा बनाउने,विदेशीलाई नागरिकता खोल्ने,संविधान मिच्ने काममा सहयोगी बनेको टिप्पणी गर्नुभएको छ ।

नेता नेपालले सनिबार पार्टीले आयोजना गरेको एक कार्यक्रमा एमालेमा रहेका १० भाईको बिजोग भएको टिप्पणी गर्नुभएको थियो ।

नेपालको टिप्पणी माथी सामाजिक सञ्जाल मार्फत जबाफ फर्काउदै नेता रावलले सिद्धान्तहीन तालमेलले देशको हरिबिजोग टुलुटुलु हेर्नुपर्ने रहेछ भन्दै कटाक्ष गर्नुभएको हो सिद्धान्तहीन तालमेलले देशको हरिबिजोग टुलुटुलु हेर्नुपर्ने रहेछ।

उहाँले लेख्नु भएको छ –

नेताद्वय केपी र माधवद्वारा निर्मित कार्यदलबाट तयार तथा ती नेता सहमत १० बुँदामा नअडेको भए गठबन्धनले प्राकृतिक स्रोत विदेशीलाई बुझाउने,देश विदेशीको सैनिक अड्डा बनाउने,विदेशीलाई नागरिकता खोल्ने,संविधान मिच्ने,भागबण्डा र सिद्धान्तहीन तालमेलले देशको हरिबिजोग टुलुटुलु हेर्नुपर्ने रहेछ।