२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथह्याम्प्टनसँग लेस्टर पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लेस्टर सिटीले पराजय ब्यहोरेको छ । शनिबार राति सम्पन्न खेलमा लेस्टर साउथह्याम्प्टनसँग आफ्नै मैदानमा २–१ गोलले स्तब्ध बनेको हो ।

साउथह्याम्प्टनलाई जित दिलाउन खेलको ६८ औं र ८४ औं मिनेटमा चे आडम्सले गोल गरे । ५४ औं मिनेटमा जेम्स म्याडिसनले गोल गरेपनि लेस्टरको हार टार्न सकेनन् ।

जितसँगै साउथह्याम्प्टन ३ खेलबाट ४ अंकसहित १२ औं स्थानमा रहँदा समान खेल खेलेको लेस्टर १ अंकसहित १८ औं स्थानमा छ ।