१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती भोटेकोशीमा बाढीको जोखिम कायमै पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेडिसिटी अस्पताल पुगेर प्रचण्डले लिए प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेर प्रचण्डले गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

दाहालले फेसबूकमा लेखेकी छन्, ‘अध्यक्ष कमरेड प्रचण्डद्वारा ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेर स्वास्थ्य उपचार गराइरहनुभएका नेपाली कांग्रेसका आदरणीय नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।’

गम्भीर स्वास्थ्यअवस्थासँग जुधिरहेका नेता गिरिको स्वास्थ्य थप जटिल बनेको खबर सार्वजनिक भएसँगै प्रचण्ड उनलाई भेट्न अस्पताल पुगेका हुन् ।