१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती भोटेकोशीमा बाढीको जोखिम कायमै पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्तो छ कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था ?



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ ।

उहाँ झण्डै एक महिनादेखि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँलाई आईसीयूबाट बिहीबार भेन्टिलेटरमा सारिएको छ ।

उहाँलाई भेटेर फर्किनुभएका कांग्रेस नेता बिमलेन्द्र निधिले सामाजिक सञ्जाल ट्वीटरमा गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै लेख्नुभएको छ, आदरणीय मेरा अग्रजभ्रातातुल्य मित्र,समाजवादी, गांधीवादी, विचारक,योद्धा, नेपाली काँग्रेसका नेता प्रदिप गिरि लाई मेडिसिटिमा दोस्रोपटक हेरेर बाटोमा फर्कदै छु। स्तब्ध र निरिह छु। ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु – सबैले प्रार्थना गरौं !!!

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर स्वदेश फर्किनुभएका नेता गिरी स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटीमा भर्ना हुनुभएको थियो ।

http://