७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरमा भगवानकाे तस्बिर लगाउँदा यी कुरामा ध्यान दिनुहोस्



अ+ अ-

घरमा पूजा गर्ने ठाउँबाहेक पनि भगवान्को तस्बिर पनि राख्छौँ । तर वास्तुका अनुसार कुन दिशामा कुन देवताको तस्बिर राख्नु पर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । वास्तुका अनुसार भगवान्को तस्बिरलाई गलत दिशामा राख्दा हानि हुन सक्छ।

लक्ष्मी : लक्ष्मीको यस्तो तस्बिर सधैँ जुन घरमा बसेको छ, त्यही घरमा राख्नुपर्छ।

हनुमान : घरमा हनुमानको तस्बिर लगाउँदा हनुमानको मुख सधैँ दक्षिण दिशामा हुनुपर्छ भन्ने कुरामा ध्यान राख्नुहोस्।

भगवान् श्रीकृष्ण : भगवान् श्रीकृष्णको तस्बिर सधैँ शयनकक्षमा मात्र राख्नु पर्छ। उनको तस्बिर एक्लै राख्ने कि राधाको साथमा राख्ने त्यो तपाईंमा निर्भर रहन्छ।

दुर्गा माता : घरमा दुर्गा माताको तस्बिर लगाउँदा आक्रामक नभई आशीर्वादको मुद्रामा हुनुपर्छ भन्ने कुरामा ध्यान दिनु पर्दछ । यसबाहेक सिंहको मुख सधैँ बन्द हुनुपर्छ।

सकारात्मकताका लागि : घरमा सकारात्मक ऊर्जा कायम राख्न घरको भित्तामा स्वस्तिक, कमलको फूल वा फूलदानीको तस्बिर लगाउन सक्नुहुन्छ।

उत्तर दिशामा यी देवताहरूको तस्बिर : भगवान् शिव, लक्ष्मी, दुर्गा, सरस्वती, श्री कुबेर र गन्धर्वको चित्र सधैँ उत्तर दिशामा राख्नु पर्छ।

घरमा कहिल्यै नराख्नुहोस् यी तस्बिरहरु : रामायण, महाभारत जस्ता महाकाव्यका युद्धका दृश्यहरू देखाउने तस्बिरहरू कहिल्यै पनि घरमा राख्नु हुँदैन।