• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   माछा मार्न जाँदा अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु ★   प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस ★   बजेट स्वागतयोग्य र लगानीमैत्री आएको छ – अध्यक्ष ढकाल ★   सहकारीको रकम अपचलनको छानबिन गर्न संसदीय विशेष समिति गठन, को–को परे ? ★   धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आयोः प्रकाशशरण महत ★   नागरिकलाई आत्मविश्वास जगाउने बजेट ★   आर्थिक वृद्धिदर छ प्रतिशत ★   बढेन कर्मचारीको तलब ★   निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीले अनिवार्य धितोपत्र बजारमा सूचिकरण हुनुपर्ने ★   यस्ता छन् सरकारले बजेट मार्फत ल्याएका करसम्बन्धि नयाँ व्यवस्थाहरु

शान्तिपूर्ण फौजका रूपमा वाइसियलले काम गर्नुपर्छः प्रचण्ड



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रातृ संगठन वाईसीएललाई शान्तिपूर्ण फौजका रूपमा काम गर्न निर्देशन दिएका छन् ।

आज काठमाडौंमा आयोजित वाइसिलको दोस्रो भेलालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

माओवादीकै नेतृत्वमा समाजवादी क्रान्ति सम्भव रहेको बताउँदै प्रचण्डले वाइसियललाई आफूहरू सहायक संगठन भएको भन्दै विश्राम लिन छुट नभएको समेत बताए ।

‘माओवादी नेतृत्वमा समाजवादी क्रान्ति गर्न दुनियाँको कुनै तागतले रोक्न सक्दैन’ उनले भने ।

यस्तै फरक प्रसंगमा प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन वामपन्थी शक्तिहरू मिल्नुपर्ने बताए ।