१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेढ वर्षमै बिग्रियो गाउँपालिकाले खरिद गरेको जेसिवी



अ+ अ-

तुलसीपुर । दाङको दङ्गीशरण गाउँपालिकाले खरिद गरेको जेसिवी डेढ वर्षमै बिग्रिएको छ । अहिले उक्त जेसिवी हेकुलीस्थित इलाका प्रहरी कार्यालयको प्राङ्गणमा थन्क्याएर राखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा रु ३३ लाखमा खरिद गरिएको उक्त जेसिवीले आम्दानी भने केही गर्न सकेन । “खरिद गरेको डेढ वर्षमै बिग्रियो, अहिले थन्क्याएर राख्नुपर्ने अवस्था छ”, गाउँपालिकाका स्टोर शाखा प्रमुख मस्तवीर चौधरीले भन्नुभयो, “यसबाट एक रुपैयाँ पनि आम्दानी लिन सकिएन ।”

बिग्रिएपछि मर्मत गर्न लगिएकामा खर्च धेरै लाग्ने भएपछि त्यसलाई त्यतिकै थन्क्याएर राखिएको उहाँको भनाइ थियो। मर्मत खर्च रु पाँच लाख लाग्ने भएपछि त्यसलाई मर्मत गर्नुभन्दा थन्क्याउनै फाइदा भएको भन्दै कार्यपालिकाको बैठकले निर्णय गरेरै थन्क्याइएको शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो । “पटकपटक बिग्रिरहने भयो, पछिल्लो पटक मर्मत गर्दा पाँच लाख लाग्ने भनेपछि त्यसलाई मर्मत गर्नुभन्दा थन्क्याएकै फाइदा हुने भयो”, उहाँले भन्नुभयो, “त्यसपछि कार्यपालिकाले थन्क्याउने नै निर्णय गरेको हो ।”

बुद्ध इलेक्ट्रो पावर प्रालीले टेन्डरमा खरिद गरेको उक्त जेसिवीबाट फुर्केसल्लीसम्म सडकको ट्रयाक खोलिएको र अन्य वडाका सडक निर्माण गरिएका थिए । काम धेरै भए पनि आम्दानी भने न्यून भएको शाखा प्रमुख चौधरीले बताउनुभयो ।

अहिले बिग्रिएर थन्क्याएपछि त्यसलाई के गर्ने भन्ने कुराको कार्यपालिकाले निर्णय गर्ने गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो । “लिलाम गर्ने हो कि भन्ने कुरा छलफल चलेको छ”, उहाँले भन्नुभयो, “के गर्ने भन्ने कुरा कार्यपालिकामा छलफल हुन्छ ।” गाउँपालिकाले त्यतिबेला करिब रु १६ लाखको लागतमा एउटा ट्र्याक्टर पनि खरिद गरेकामा नियमित चलिरहेको छ ।