२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना हुलाकमार्फत घरघरमै राहदानी फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक नवीन पौडेलको तीज गित ‘हरहर बासना अगरबत्तीको’बजारमा



अ+ अ-

काठमाडौं । हरितालीका तीज पर्व नजिकिँदै गर्दा कलाकारहरुले पनि तीज केन्द्रित गीतहरु धमाधम बजारमा ल्याएका छन् ।

यसै क्रममा चर्चित लोक तथा दोहोरी गायक नवीन पौडेलले पनि ‘हरहर बासना अगरबत्तीको’ नामक तीज गीत बजारमा ल्याउनुभएको छ । पौडेलकै स्वर र शब्द रहेको गीतमा गायिका आशा बिसीले साथ दिनुभएको छ । रवि कार्कीले लय सङ्कलन गर्नुभएको यस गीतको म्युजिक भिडियोको निर्देशन विष्णु भट्टराईले गर्नुभएको छ भने म्युजिक एरेन्ज कृष्ण केसीको रहेको छ ।

‘हरहर बासना अगरबत्तीको, कसले माया गर्छ तिम्लाइ मैले जत्तिको’ गीतमा पौडेललाई छोरी स्वीकृति पौडेलले पनि अभिनयमा साथ दिएकी छिन् । नवीन पौडेलका यसअघि ‘बोल्नुपर्छ ओई’, ‘लेउ खुकुरी लेउ, प¥र्यो देशलाई चोट’, ‘कस्तो आयो जमाना’ लगायतका गीतहरु बजारमा आइसकेको छ ।रासस