२५ भाद्र २०८३, बिहीबार
,
Latest
गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिनल्यान्डकी प्रधानमन्त्री रक्सीले मातेपछि…



अ+ अ-

एजेन्सी । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

जसमा उनी आफ्ना साथीहरूसँग रक्सी पिएर नाचिरहेको देखिएकी छिन् । विपक्षी नेताहरूले प्रधानमन्त्री सन्ना मरिनले साथीहरूसँग पार्टीमा लागुऔषध सेवन गरेको आरोप लगाएका छन् ।

उनीसँग लागुऔषध परीक्षणको माग पनि भइरहेको छ । तर मरिनले पार्टीमा रक्सी मात्र पिएको स्पष्ट पारेकी छन् ।

सन्ना मरिनले लागुऔषध सेवन गरेको कुरा अफवाह भएको बताइन् । उनी लागुऔषध परीक्षण गराउन तयार छिन् । उनले भनिन् – म मेरा साथीहरूसँग थिएँ । हाम्रो पार्टी थियो । मैले गीत गाएँ र नाचेँ पनि । मैले ड्रग्स कहिल्यै लिएको छैन । मसँग लुकाउन केहि छैन । यो एक निजी भिडियो थियो । यसरी सार्वजनिक गर्नु हुँदैनथ्यो ।