• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo

फिनल्यान्डकी प्रधानमन्त्री रक्सीले मातेपछि…



एजेन्सी । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

जसमा उनी आफ्ना साथीहरूसँग रक्सी पिएर नाचिरहेको देखिएकी छिन् । विपक्षी नेताहरूले प्रधानमन्त्री सन्ना मरिनले साथीहरूसँग पार्टीमा लागुऔषध सेवन गरेको आरोप लगाएका छन् ।

उनीसँग लागुऔषध परीक्षणको माग पनि भइरहेको छ । तर मरिनले पार्टीमा रक्सी मात्र पिएको स्पष्ट पारेकी छन् ।

सन्ना मरिनले लागुऔषध सेवन गरेको कुरा अफवाह भएको बताइन् । उनी लागुऔषध परीक्षण गराउन तयार छिन् । उनले भनिन् – म मेरा साथीहरूसँग थिएँ । हाम्रो पार्टी थियो । मैले गीत गाएँ र नाचेँ पनि । मैले ड्रग्स कहिल्यै लिएको छैन । मसँग लुकाउन केहि छैन । यो एक निजी भिडियो थियो । यसरी सार्वजनिक गर्नु हुँदैनथ्यो ।