९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

पाटन दरबार परिसरमा भीमसेन जात्राको तयारी सुरु

पाटन दरबार परिसरमा भीमसेन जात्राको तयारी सुरु
file
अ अ+ अ-

ललितपुर । पाटन दरबार परिसरमा आउँदो शनिबार मनाइने भीमसेन खटजात्राको तयारी सुरु भएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन उक्त खटजात्रा हुने भएसँगै सोको तयारी अघि बढेको हो ।

आज दिनभरिमा पित्तलको खट बनाएर शनिबार हुने जात्राका लागि तयारी भइरहेको भीमसेन जात्रा सञ्चालक समितिका संयोजक किरणमान प्रधानले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकमा अझै कायम रहेको कोभिड महामारीका कारण विगत दुई वर्ष अघिदेखि हामीले यो जात्रा भव्यताका साथ मनाउन पाएका थिएनौँ, यस पटक भने हर्षोल्लासका साथ मनाउने तयारी गरिरहेका छौँ ।”

सो जात्रा नेवार समुदायका व्यापारीका लागि सबैभन्दा ठूलो पर्व रहेको प्रधानले जानकारी गराउनुभयो । सो जात्राका दिन उक्त खटमा बिराजमान भएका भीमसेन मूर्तिलाई पाटनको मङ्गलबजार हुँदै हखा त्यसपछि सौगल पछि सुन्धारादेखि ओकुबहाल, थपाहिटि, बालकुमारी, चक्रबहिल, हौगोल, टिँछु गल्ली, इखालखु, बालखा, पूर्णचण्डी, गाबहाल, बलीम्ह, पिम्बहाल, सुलिम, बालिफल, नकबहिल, क्वालखु, झटापोल, कुम्भेश्वर हुँदै कोबाहाल भएर स्वठः एवं पुनः मङ्गलबजार भीमसेन मन्दिर परिसरमा उक्त खट ल्याएर राखिने गरिएको समितिका सहसंयोजक वीरेन्द्रलाल श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस दिन राति ७:३० बजेपछि मात्र जात्रा सुरु गरी नगर परिक्रमा गर्दै जाने भएकाले राति १२ देखि १ बजे मात्र खटजात्रा सकिन्छ ।” सो दिन जात्राको खट बोक्न सबैजसो व्यापारी पाटन आउने श्रेष्ठले जानकारी गराउनुभयो । सो खटलाई जात्राको दिन बिहान मात्र भीमसेन मन्दिर अगाडि लगेर राखिने समितिका कोषाध्यक्ष हरिनरसिंह अमात्यले बताउनुभयो ।

उक्त दिन सो काम सम्पन्न भएसँगै सर्वसाधारणलाई जात्रा सुरु नगरुनजेलसम्म मूर्तिको पूजा तथा आरधना गर्न दिइने अमात्यले जानकारी गराउनुभयो । जात्रामा काठमाडौँ उपत्यकाका साथै भक्तपुर, धुलिखेल एवं बनेपाबाट राति भक्तजन सहभागी हुने गरेका स्थानीय सिद्धिराम श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भीमसेनको आरधना गर्दा श्रीवृद्धि हुने मान्यता व्यापारीमा रहँदा जात्रामा सहभागी हरेक मानिसले बालेको धूप हातमा बोकेर हिँड्ने तथा लड्डु र पेडा चढाउने काम गरिन्छ ।” तीन तले प्यागोडा शैलीमा निर्मित भएको उक्त मन्दिर विसं २०७२ वैशाख १२ को गोर्खा भूकम्पले जीर्ण भएपछि लगभग रु चार करोड ९३ लाखमा पुनःनिर्माण गरिएको छ ।