१३ श्रावण २०८३, बुधबार
,
Latest
नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोर ढुवानी गर्न काठमाडौँ महानगरलाई पेशा तथा व्यवसाय क्षेत्रबाट सहयोग



file photo
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई फोहोर ढुवानी गर्न पेशा तथा व्यवसाय क्षेत्रबाट सहयोग सुरु भएको छ । यस क्रममा आज विहान नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले पठाएका १८ वटा ट्रिपर फोहोर बोकेर ल्याण्डफिल साइटतर्फ गएका छन् । समितिले उपलब्ध गराएका ट्रिपरलाई महानगरले हरेक ट्रिपका लागि २३ लिटर डिजेल र श्रमिकलाई एक दिनको १ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउनेछ ।

यता समानान्तर निर्माण सेवाले पूर्ण निःशुल्क सेवा दिने गरी ३० वटा ट्रिपर उपलब्ध गराएको छ । यी ट्रिपर पनि विहानै फोहोर बोकेर ल्याण्डफिल साइट गएका छन् । महानगरले आफूसँग भएका १२ वटा कन्टेनरमा ट्रान्सफर स्टेशनको फोहोर उठाएको छ । यसरी आज विहान ट्रान्सफर स्टेशनबाट ६० ट्रिपर फोहोर ढुवानी भएको छ ।

फोहोर व्यवस्थापनका लागि अवरोध गर्ने सृङ्खलामा सहयोग गर्न आएका सहयोगीप्रति आभार प्रकट गर्दै महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले, फोहोर व्यवस्थापन कार्यलाई वातावरण र जनस्वास्थ्यमैत्री बनाउने प्रयासमा जोड दिएको बताउनुभयो । ‘लामो समयसम्मको अवरोधका कारण थुप्रिएको फोहोर उठाउनु पर्ने पहिलो दायित्व भएकोले योजना कार्यान्वयनमा केही समस्या भएको छ । तर, लक्ष्यमा म अडिग छु ।’ प्रमुख शाहको भनाइ छ ।

ट्रान्सफर स्टेशनको फोहोर ढुवानी थालिएपछि पीडित संघर्ष समितिका संयोजक चन्द्रमान महर्जनले खुशी व्यक्त गर्दै प्रमुख शाहलाई धन्यवाद दिनुभयो । ‘हामी आजको दिनको प्रतिक्षामा थियौँ ।’ उहाँको भनाइ छ ।

‘हामी यातायात व्यवसायीहरु सामाजिक दायित्व निर्वाह गर्न आएका हौँ ।’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला भन्नुहुन्छ, ‘महानगरलाई समस्या परेका बेला पेशा व्यवसायीले सहयोग गर्नुपर्छ भनेर हामीले ट्रिपर तथा ट्रक व्यवसायी समितिसँग छलफल गरेर सहयोग गरेका हौँ ।’

मलवाहक ट्रिपर व्यवसायीले सामाजिक जिम्मेवारी पूरा गर्ने क्रममा फोहोर ढुवानीमा सहयोग गर्ने निर्णय गरेका हौँ । महासंघका मालवाहकतर्फका उपाध्यक्ष यादवलाल श्रेष्ठको भनाइ छ । ट्रिपर सञ्चालन गर्ने तेल र श्रमिकलाई दिनुपर्ने पारिश्रमिकबाहेक अन्य कुनै पनि प्रकारको शुल्क नलिई फोहोर ढुवानी गर्ने हामीले समितिमार्फत निर्णय गरेका छौँ । समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठको भनाइ छ ।