१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकसय एकतीस अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) को निर्णयअनुसार आज एकसय ३१ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले १३१ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधिको प्रमाणपत्र प्रदान गर्नुभएको हो । वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नेमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, नेपाल बार एसोसिएनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई, बारका पूर्वमहासचिव सुनील पोखरेल, महिलाको सम्पत्तिको हकका लागि लडिरहनुभएकी मीराकुमारी ढुङ्गाना, मेघराज पोखरेललगायतलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको हो ।

सर्वोच्च अदालतको गत असार २९ गते बसेको पूर्ण बैठकले १३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको थियो । त्यसमध्ये आज दुई जना उपस्थित हुनुभएन ।

समारोहमा प्रधानन्यायाधीश कार्की, वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश अनिल सिन्हा, सपना मल्ल प्रधान, हरि फुयाँल, नहकुल सुवेदीलगायत न्यायाधीश तथा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र अधिवक्ताहरू उपस्थित हुनुहुन्थ्यो । रासस