२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछः ज्ञवाली



अ+ अ-

नेपालगञ्ज । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने बताउनुभएको छ ।

‘एमाले निर्वाचनमा पराजित हुँदा राष्ट्रवाद र समाजवाद नै पराजित हुन्छ,’ नेकपा ९एमाले० बाँके जिल्ला कमिटीको आयोजनामा मंगलबार खजुरामा आयोजित वृहद कार्यकर्ता प्रशिक्षणमा उपाध्यक्ष ज्ञवालीले भन्नुभयो– ‘कम्युनिष्ट पार्टीको बर्को ओढेर काँग्रेस जिताउन आउनेहरूलाई जनताले विश्वास गर्ने छैनन् ।

उहाँले काँग्रेसलाई नेता मान्नेहरू कम्युनिष्ट हुनै नसक्ने बताउनुभयो । संसदको पुनस्र्थापना र १० बुँदे सहमतिपछि पनि पार्टी विभाजन हुनु गलत भएको उहाँको भनाई थियो ।

कार्यक्रममा पार्टीका सचिव तथा लुम्विनी प्रदेश कमिटीका इन्चार्ज छबिलाल विश्वकर्माले कार्यकर्ताको शक्तिको बलमा नेकपा ९एमाले० अहिलेसम्म टिक्न सकेको भन्दै एमाले र यसको नेतृत्वप्रति जन विश्वास कायम रहेको बताउनुभयो ।

नेकपा (एमाले) बाँकेका अध्यक्ष किस्मत कक्षपतिको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सूर्य ढकाल, केन्द्रीय अनुशासन आयोगका सदस्य देवराज भार, केन्द्रीय लेखा आयोगका सदस्य विजया धिताल , एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसी, सचिव रत्न खत्री लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सोही कार्यक्रममा २०७४ सालमा बाँके प्रदेशसभा २९क० बाट तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट विजयी सांसद विजय वहादुर यादव एमालेमा प्रवेश गर्नुभयो ।